Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचन आयोगले राजनीतिक दललाई पाँच विषयमा छलफलका लागि बोलायो

निर्वाचन आयोगले राजनीतिक दललाई पाँच विषयमा छलफलका लागि बोलायो

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई भोलि बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राजनीतिक दलहरूसँगको बैठकमा गएको जेठ १५ गते प्रस्तुत आउँदो आर्थिक वर्षको बजेटमा भएको सबै जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयसहित नयाँ निर्वाचन कानुन विधेयक, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन प्रारम्भ, स्थानीय सरकारबाट मतदाता नामावली सङ्कलन तथा दलहरुको लेखा परीक्षणबारे छलफल हुनेछ ।