Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सत्तारुढ दलका शीर्ष नेताको पहुँच हुने गरी बजेट आएको गोकर्ण विष्टको आरोप

सत्तारुढ दलका शीर्ष नेताको पहुँच हुने गरी बजेट आएको गोकर्ण विष्टको आरोप

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले सत्तारुढ दलका शीर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन्।

उनले भने,‘डडेलधुरामा बजेट बढ्यो रे, गोरखामा बजेट बढ्यो रे। नुवाकोटमा बजेट बढ्यो रे। क्रमागत आयोजनाहरु काटिन्छन्। तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ ।’

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गरे। उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए।