Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

करका दर लक्षित घरानामा केन्द्रित नभएको अर्थमन्त्रीको दाबी

करका दर लक्षित घरानामा केन्द्रित नभएको अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको स्पष्टीकरण दिएका छन् ।

आज बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै उनले भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताए ।

‘भ्याटलाई हरेक वर्ष हटाउँदै गयौं, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौं ।’ उपभोग्य वस्तुमा कर लगाएको सन्दर्भमा यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताए ।

एकातर्फ आलु–तरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको उनको गुनासो छ ।