Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा बजेट निर्माण गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा बजेट निर्माण गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद्को नेतृत्वमा सम्बन्धित जिल्ला र क्षेत्रको बजेट निर्माणको प्रक्रिया सुरु गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘बजेट निर्माण गर्ने कार्यमा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सदस्यको संयोजकत्वमा र समानुपातिक एवम् अन्य सांसद्समेतको सहभागितामा काम गर्ने प्रक्रिया आरम्भ गर्ने प्रस्ताव गर्छु,’ उनले भने ।

बजेट निर्माणमा जनप्रतिनिधिहरुको भूमिका बढाउन भन्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । बजेट निर्माण प्रक्रियामा सुधार ल्याउनकै लागि आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र बजेटका सिद्धान्त र प्राथमिकता फागुन मसान्तभित्रै संसद्मा पेश गर्ने व्यवस्था गरिने घोषणा बजेट वक्तव्यमै गरिएको छ । यसो गर्दा बजेटमा प्रनिनिधिहरुको सहभागिता बढ्ने उनको भनाइ छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेट घोषणा गर्ने र पारित गर्ने प्रणाली परम्परागत भएको पनि उनले बताए ।

‘बजेट पारित गर्ने प्रक्रिया परम्परागत छ, यसमा सांसदहरुको सक्रियता र योगदान संस्थागत हुनुपर्ने हो तर त्यो हुन सकेको छैन,’ उनले भने, ‘तर, यसैपटक नीति कार्यक्रम र बजेटबीचको अवधि बढाउने प्रयास भएको छ ।’