Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई बजेटमा समावेश गर्न प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारी प्रतिवद्धता बजेटमा कसरी समावेश गर्ने हो भनी प्रश्न उठाएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ दलहरु पनि जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने पक्षमा रहेको भन्दै बजेटमा उक्त प्रतिवद्धतालाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताए ।

त्यसका लागि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।