Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा संसद् अवरुद्ध

कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा संसद् अवरुद्ध

काठमाडौँ । कर्णालीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ ।

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संशोधन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।

बुधबार प्रदेशसभामा मन्त्रालयगत छलफल सुरु गर्ने कार्यसूची थियो । तर बैठक सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले समय लिएर बोल्दै अर्थमन्त्रीले पैत्रिक सम्पत्ति बाँडे जसरी बजेट बाँडेको आरोप लगाए ।

अर्थमन्त्री स्वयंले बजेट निर्माणमा दबाब आएको कुरा सार्वजनिक गरेपछि एमालेले सोही विषयलाई लिएर सदन अवरोध गरेको हो ।