Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री प्रचण्डले जसपा संसदीय दलको बैठकमै पुगेर मधेशमा बजेटको विशेष व्यवस्था गर्ने दिए आश्वासन

प्रधानमन्त्री प्रचण्डले जसपा संसदीय दलको बैठकमै पुगेर मधेशमा बजेटको विशेष व्यवस्था गर्ने दिए आश्वासन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेशमा बजेटको विशेष व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले जसपा संसदीय दलको बैठकमै पुगेर सो आश्वासन दिएका हुन् । प्रधानमन्त्रीले सो आश्वासन दिएपपिछि जनता समाजवादी पार्टीले बजेट पासमा समर्थन जनाएको हो ।

जसपाका अधिकांश सांसदहरुले बजेटको विपक्षमा मतदान गर्ने भएपछि अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई संसदीय दलको कार्यालयमा बोलाएर छलफल गरेका थिए । बैठकमा प्रचण्डले जसपा सांसदहरूको गुनासो सुनेका थिए ।

छलफलमा उनले बजेट संशोधन गर्न नसकिने तर मधेशका लागि आवश्यक बजेटको व्यवस्था गराउन सकिने आश्वासन दिएपछि बजेटलाई समर्थन गर्ने निष्कर्षमा पुगेको जसपाका सांसद एवं प्रमुख सचेतक प्रदीप यादवले बताए ।