काठमाडौं । बुढानीलकण्ठ विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रछात्राद्वारा पशुपति क्षेत्रका वृद्ध, अनाथ तथा अशक्त बालबालिकाहरुलाई खाद्य सामग्री वितरण गरेका छन् ।

उक्त खाद्य सामग्री गुरु पूर्णिमाको अवसरमा पारेर वितरण गरिएको थियो । कार्यक्रममा सबै गुरुहरुलाई सम्मान र सद्भाव कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको विद्यार्थीहरुको भनाइ छ । खाद्य कार्यक्रममा अनाथ बालबालिकाहरुलाई जुस तथा विस्कुट वितरण गरिएको थियो । विद्यार्थीहरुले विभिन्न संघसंस्थाबाट आफ्नै पहलमा सहयोग संकलन गरी उक्त कार्यक्रमको आयोजना गरेका थिए । यो सुरुवात मात्र हो अब यस कार्यलाई निरन्तरता दिने विद्यार्थीहरुको भनाइ छ ।

विद्यार्थीहरुले यस कार्यलाई सहयोग गर्न अन्य अरु थप सहयोगी मनहरुलाई पनि आव्हान गरेका छन् । यस्ता कार्यक्रममा जोडिन चाहने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरुले ९८२४१४३१३१ सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।