काठमाडौँ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई लात हानेर हिडेका शिवचन्द्र कुशवाहालाई सीके रावतले ३ महिनामै पार्टीबाट बाईकट हानेका छन् । बैशाख १० को उपचुनाबमा गठबन्धनलाई चुनौति दिदै सीके संग हात किलालेका शिबचन्द्र ३ कहिनाकै बेघर भए ।
जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा उनी सहित ५ जना नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरुमा बाराबाट शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव छन् । माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।
मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् । कुशवाह गत उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । बारा क्षेत्र नं. २ बाट २८ हजार ४१५ मत ल्याएर उपेन्द्र यादव विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३३४ मत पाएका थिए । त्यसअघि २०७९ साल चैत १५ गते कुशवाहलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीमा स्वागत गरेका थिए ।
अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ । यसैगरी गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै र शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको भन्दै कारबाही गरिएको छ । भोपेन्द्रलाई केन्द्रीय निर्देशन उल्लंघन गरेको, गर्न लगाएको र गुटबन्दी गरेको आरोप लगाइएको छ । यस्तै भगवान दास यादलाई पार्टीका बैठकहरु, कामकारबाहीको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै कारबाही गरिएको जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएकाले आफुले जनमत पार्टी रोजेको उनले बताएका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए । तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ वैशाख १० गते उपनिर्वाचन भयो । जस्मा पनि उनले हार नै बेहोर्नु पर्याे । सत्ता गठबन्धनबाट उमेरदवार बनेका उपेन्द्र यादवले बाजी मारे । प्रचण्डलाई छोडेर सिके रोजेका उनले ३ महिना मै घर न घाटको बन्नु पर्याे । अब उनी पुरानै घर फर्केलान त यो भने हेर्न बाँकी छ ।