काठमाडौं । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
बिहीबार नेपाली बजारमा छापवाल सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि जेठ १९ गते १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
हाल बजारमा सुनचाँदी व्यवसायीहरूले गर्ने माग न्यून रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अझै बजारमा सुनको मूल्य बढ्दै जाने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए ।