काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ललितानिवास र नक्कली भुटानी शरणार्थी प्रकरणमा लिएको मौनताले पार्टीले क्षति व्यहोर्नु पर्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता केसीले यी दुई विषयमा मौन रहेका कारण पार्टीमाथि भ्रष्टाचारको संरक्षक रहेको आरोप लाग्ने गरेको उनले सुनाए ।
त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनले कौतुहलमय सनसनी उब्जेको उनले पार्टी बैठकमा बताए । नेपाल तस्कर र भ्रष्टहरूको स्वर्ग हुन थालेको र गम्भीर संकटको चक्रब्युह वा संकटको पासोतिर उन्मुख रहेको केसीले बताए ।
सभामुख पद गुमेकोप्रति केसीले नेतृत्वसँग जवाफ मागेका छन् । गठबन्धन टुट्ने अवस्था पुग्दा समेत पार्टी बैठकको महत्व नदेखिएकोप्रति उनले आश्चर्यता प्रकट गरे ।