काठमाडौँ । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटको लागि सस्तो राजनीति गरेको आरोप लगाएका छन् ।
चितवनमा महिलाका लागि मात्र निःशुल्क बस सञ्चालन गरेको विषय उठाउँदै सामाजिक सञ्जालमार्फत पोखरेलले लामिछानेको आलोचना गरेका हुन् । हिजो आफु निवौचित भएको १०० दिन पुगेकोमा रबिले चितवनमा ५०० जना महिलाका लागी निशुल्क बसको ब्यबस्था गरेका छन् ।
६५ बर्ष माथिकालाई निशुल्क मोबाईको सुरुवात गरेका छन् । २ ओटा बिद्यालयलाई नमुना विद्यालय बनाएको बताएका छन् । उनले पुराना दल भन्दा फरक ढङगबाट जनताको कन जितेका छन् । यहि बिषयलाई लिएर शंकर पोखरेलले आलोचना गरेका हुन् । यो प्रकरणले आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? भन्ने जिज्ञासा उठेको पोखरेलले बताएका छन् ।
उनले सनमनाजीक सञ्जाल फेसबुकमा लेखेका छन् : सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनवाट दिन खोजिएको सन्देश
दुनियाका धेरै मुलुकहरुमा महिलाहरु वन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवाद वाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसावले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका वेला ठुलोसंख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा आफुलाई नयाँ शक्ति भन्नेहरुले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात संचालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभाविक हो । नेपाली समाजमा यतिवेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो । पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो वनाउने मौका पाएको थिए । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ । नयाँ र वैकल्पिक शक्ति बनाउछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामवाट भविष्यको सुन्दर दृष्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौ । चितवन जस्तो सचेत ठाउवाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौ ।
पछिल्लो समय रबि लामिछानेलाई चितवन बासीले निकै रुचाएका छन् । त्यसैले पनि २ पटक निर्वाचन लड्दा पनि उनी बिजयी भए । त्यसैले अहिले चितवनबासीमा लागी विभिन्न सेवा ल्याएको बताएका छन् ।