Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन सम्पन्न

नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनको छैटौं अधिवेशन सम्पन्न

काठमाडौँ । सन् २०१२ मा स्थापित नेपाल आरोहण खेल संघ (नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसन) को छैटौं अधिवेशन आज काठमाडौंको बसुन्धरा स्थित गोधुली फुडल्याण्ड एन्ड इभेन्टसको सभाहलमा सम्पन्न भएको छ ।

हरि प्रसाद धरेलको अध्यक्षतामा भएको खुल्ला सत्रको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रीय खेलकुद संघ (राखेप) सदस्य सचीव टंकलाल घिसिङ्ग हुनुहुन्थ्यो । बिशेष अतिथिहरु टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, गोबिन्द भट्टराई (माउन्टेन स्पोर्ट्स फेडेरेशन नेपाल) हुनु हुन्थ्यो । अतिथिहरुमा धन बहादुर गुरुब (नेपाल पर्वतारोहण संघ), नारायण अर्याल (राखेप, कानुन शाखा प्रमुख), नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजाल, राखेप बोर्ड सदस्य प्रकाश कुमार कुसारी, नेपाल चेस संघका उपाध्यक्ष मोनालिसा खम्बु, नेपाल क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएसनका वागमती अध्यक्ष कल्पना महर्जन, सुदुरपष्चिम प्रदेश अध्यक्ष भरत बिक्रम शाह, कर्णाली प्रदेश अध्यक्ष लक्ष्मी भट्टराई, गण्डकी प्रदेश अध्यक्ष शेष कान्त शर्मा, हिमालयन उद्दार संघका गोबिन्द वस्याल, किप नेपालका अध्यक्ष देबि पन्त, लगायत हुनु हुन्थ्यो ।

प्रमुख अतिथि घिसिबले खेलकुद क्षेत्रका विसङ्गती र आगामी बाटोको बारेमा प्रष्ट कार्यनिति बनाई अघि बढ्न पर्ने बताउनु भएको थियो । आजै सम्पन्न निर्वाचनबाट अध्यक्ष हरि प्रसाद धरेल, वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षहरुमा सुनार बहादुर गुरुब निर्वाचित र उपाध्यक्ष ल्हाक्पा शेर्पा मनोनीत हुनु भएको छ । महासचिव सन्तोष मादेन, सचिवहरु सुजित कँडेल र सन्जिब गुरुब, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मा,े सहकोषाध्यक्ष प्रणिल मान श्रेष्ठ, सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्वाचित हुनु भएको छ ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकार प्रम नारायण अधिकारी मनोनीत गरेको छ । राष्ट्रीय खेलकुद संघ (राखेप) पुर्व सदस्य सचिव जीवनराम श्रेष्ठले नेपालको आरोहण खेललाई अन्तराष्ट्रीय जगतमा पुराउन नेपाल ओलम्पि कमिटीले सक्दो सहयोग गर्ने बताउनु भयो । साथै नवनिर्वाचित कार्यसमितिलाई खादा तथा अविर लगाएर शुभकामना दिनु भएको थियो ।