Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँका मेयर बालेन शाहद्वारा चिन भ्रमणको निम्तो अस्वीकार

काठमाडौँका मेयर बालेन शाहद्वारा चिन भ्रमणको निम्तो अस्वीकार

काठमाडौँ । काठमाडौँ महानगररका मेयर बालेन शाहले चिन भ्रमणको निम्तो अस्विकार गरेका छन् ।

चीनले लिपुलेक,लिम्पियाधुरा र कालापानीलाई समेटेर बनाएको नेपालको चुच्चे नक्सा हटाएर पुरानै नक्सा राखेकोले नैतिकताका आधारमा पनि चीन नजाने घोषणा गरेका हुन् । उनले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’ उनले भनेका छन् ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपालको नयाँ नक्सालाई मान्यता नदिएको पाइएको छ । सो नक्सामा नेपालको छुटेको भूभाग समेटेर जारी गरिएको नयाँ नक्साको साटो पुरानै नक्सा देखिएको हो । चीनले सोमबार स्ट्यान्डर्ड म्याप भन्दै नयाँ नक्सा जारी गरेको थियो । सो नक्सामा देखिएको नेपालको नक्सामा नेपालको चुच्चे भाग गायब छ ।

नेपालले २०७७ साल जेटमा नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । सो नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतलाई समेटिएको थियो । सुगौली सन्धिअनुसार काली नदी र त्योभन्दा पूर्वको भूभागको अभिन्न अङ्ग भए पनि नेपालमा प्रचलित नक्सामा गुन्जी, नाभी, कुटी लगायत केही भूभाग समेटिएको थियो । सरकारले ती भूभागहरूलाई समेट्दै नयाँ नक्सा जारी गरेको थियो । अंग्रेजी दैनिक ग्लोबल टाइम्सले सामाजिक सञ्जाल एक्समा यो नक्सा सार्वजनिक गर्दै भनेको छ, ‘चीनको सन् २०२३ को स्टान्डर्ड म्याप सोमबार जारी भएको छ agoradesign.it । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा लञ्च गरिएको हो ।

यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ मेथड’ को आधारमा बनाइएको छ ।’नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीनलाई आफ्नो हिस्सा रहेको देखाइएको छ । नक्सामा साउथ चाइना सी र ताइवानलाई पनि चीनको हिस्सा बताइएको छ । चीनले नेपालको नयाँ नक्सालाई नसमेट्नुलाइ नेपालको कूटनीति कमजोर भएको वा चीनले पनि नेपाललाई वास्ता नगरेको हुन सक्ने विश्लेषणहरु पनि सार्वजनिक भएका छन् । नेपालले नयाँ चुच्चे नक्सा जारी गरेर संविधानमा संशोधनसमेत गरेपछि विधिवत् रुपमा चीनलाई जानकारी नै नगराएको हुन सक्ने भन्नेहरु पनि छन् । चीनले निकालेको नयाँ नक्साका सम्बन्धमा भने नेपाल सरकारले भने कुनै पनि प्रतिक्रिया दिएको छैन ।

आम नेपाली भने यससम्बन्धमा नेपालको आधिकारीक धारणको प्रतिक्षामा छन् । केहि दिन पछि नेकपा एमालेका नेता चिन जादै छन । त्यस पछि प्रधानमन्त्रीको पनि चिन भ्रहण हुदै छ । तर, यो बिषयमा उनीहरुको धारणा सार्वजनिक नभएको हो ।