Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल पर्यटक यातायात व्यवसायी संघको निर्वाचन सम्पन्न ,अध्यक्षमा बेदराज बास्तोला निर्वाचित

नेपाल पर्यटक यातायात व्यवसायी संघको निर्वाचन सम्पन्न ,अध्यक्षमा बेदराज बास्तोला निर्वाचित

काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघको निर्वाचन सम्पन्न भएको छ ।

यहि भदौँ १९ गते मङ्गलबार चावाहिलस्थित नेपाल पर्यटक यातायात व्यवसायी संघको केन्द्रीय कार्यालयमा भएको निर्वाचनबाट संघको अध्यक्षमा बेदराज बास्तोला निर्वाचित भएका छन् ।

निर्वाचित भएपस्चात नवनिर्वाचित अध्यक्ष बास्तोलाले व्यवसायको समस्यालाई सम्बोधन गर्नु आफ्नो समूहको प्रमुख एजेन्डा रहेको र अब सोही काममा लाग्ने बताएका छन् ।

यातायात व्यवसायिक संघको प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा बिनोद तामाङ, महासचिबमा केदार कट्टेल, सचिबमा गुमान सिं मोक्तान, कोषाध्यक्षमा रामकुमार बस्नेत निर्वाचित भएका छन् ।

संघको सदस्यहरुमा नमराज अर्याल, राम आचार्य, टेक पुन मगर र नकुल तिमल्सिना चुनिएका छन । अन्य पदमा निर्वाचन भएपनि कोषाध्यक्ष पदमा रामकुमार बस्नेत भने दुबै समुहको समर्थनका साथ निर्बिरोध hospitalharrywilliams.org निर्वाचित धएका छन् ।