Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिँदा भावुक बनिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

सुवास नेम्वाङलाई श्रद्धाञ्जली दिँदा भावुक बनिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न पुगेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छिन् ।

सोमबार राति निधन भएका नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । त्यहाँ पुगेकी पूर्व राष्ट्रपति भण्डारी भावविव्हल भएकी हुन् पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् ।

उनले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डासमेत ओढाएकी छन् ।