Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेले तीन दिन औपचारिक कार्यक्रम नगर्ने, पार्टीको झण्डा आधा झुकाउने

एमालेले तीन दिन औपचारिक कार्यक्रम नगर्ने, पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको उनले बताए।

सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ।

असोज २ गते गते पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले बताए।