Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य

धार्मिक एवम् सामुदायिक एकता अपरिहार्य

काठमाडौँ । हाम्रो मातृभुमिको विशेषतालाइ संसारको कुनै पनि स्थानमा बसेर सम्झंदा पनि गर्वले सम्झन सकिने भनेकै हाम्रो धार्मिक , सांस्कृतिक , भौगोलिक विविधता र त्यसको वावजुद पनि सदैव कायम रहँदै आएको  आपसी सम्मान र सहकार्य हो । तर विडम्वना आज कोहि कसैको सुझवुझपूर्ण खेललाइ नबुझेर देशका कतिपय स्थानहरुमा धार्मिक र जातीय दंगाका घटनाहरु घटीरहेका छन । केहि दिन पहिले धरानमा अनि हालै नेपालगन्जमा जे जस्ता घटना भैरहेका छन ति दुखद छन ।

मुश्लिम हिन्दु वा क्रिश्चियन वा अन्य जुनसुकै धर्ममा आवद्ध भए रहे पनि बसेको ठाउँमा सबैले सबैको धर्म अनुसारका चाड पर्व संगै मनाउने , खुसि साटासाट गर्ने अनि केहि पर्दा एक अर्काको साथ खडा हुने नै हाम्रो विशिष्ट पहिचान रहँदै आएको छ ।

पारिवारिक हिसावले भन्दा हिन्दु धर्मको क्षेत्रि जातको मानिस तर म फेरी त्यही मान्छे हुँ जसलाइ अहिले पनि परवानीपुरमा बकर ईदमा मुसलमान परिवारले खुवाएको मासुकै स्वादको याद आउँछ । म त्यही क्षेत्रि हुँ जसलाई निजगढ भित्रको हाम्रो गाउँ लाल रतनपुरको सुनमाया भाउजुले स्नेहपुर्वक खुवाएको गुन्द्रुक भात देखि राँगाको मासु र  चिउराकै स्वाद प्यारो लाग्ने मात्रै नभएर अमेरिकामा पनि श्रद्धय शिव राइ देखि केशवराइ दाइसम्मले वहाँका भाइ वहिनी देखि भतिजसम्मलाइ लगाएर बनाएर खुवाएको  बंगुरको मासुको मिठास अनि त्यससंगै प्रदान गरिएको माया र स्नेह प्यारो लाग्छ ।

मेरो आफ्नो जीवनमा मात्रै हैन यो अन्तर जातिय अनि फरक धर्म समुदाय विचको माया प्रेम स्नेह भाइचारा आम नेपालीहरुको लागि स्वाभाविक दैनिकी हो । हेर्दा सामान्य सुनिने त्यही आत्मियता नै हामी नेपालीहरुको शक्ति हो १ त्यही नै हाम्रो सामर्थ्य हो । त्यसैले अहिले हाम्रो मातृभूमि देश नेपालको अत्यन्त महत्वपूर्ण सहर नेपालगन्ज अशान्त भैरहेको यो अवस्थामा पनि मलाइ के विश्वास लाग्छ भने एकलाइ चोट लाग्दा अर्कोलाइ  दुख्ने भन्ने सिद्धान्तलाइ यथार्थ  बनाएर  मिलेर बसेको नेपालगंजको मुश्लिम हिन्दु समुदायले मिलेर यो  अनुचित , अनावश्यक तर नियोजित द्वन्द्धलाइ नामेट पारेर नेपालगंजलाइ फेरी आपसी सम्मान सहित मिलेर बसेको सहरको रुपमा तत्काल वापस लाने विश्वास छ ।

अनि यस्तैमा फेरी कतिपयले अवस्थालाइ भडकाउनको लागि नै हुनुपर्छ  नेपालगंजमा सेना परिचालन भयो भनेर हौवा गरेको पनि सुनिएको छ  । हो सुरक्षा अवस्था गम्भीर भएर कर्फ्यु लगाउनु  पर्दाको अवस्थामा  सेनाले प्रहरी र प्रशासनलाइ आवश्यक सहयोग गर्छ ।

नेपालगंजमा सेनाको भूमिका पनि कर्फ्यु संग सुरु भएको र कर्फ्यु  समाप्त हुँदै जाँदा त्यो सकिनेछ । आपसी एकता र सम्मानको जगमा बनेको  र टिकेको नेपालको पनि नेपालगंजले त्यही एकता प्रदर्शन  गर्नेछ र छिटो त्यहाँ शान्ति र अमन चयन काम हुने पूर्ण विश्वास  छ अनि मेरो यो विश्वासलाइ मजबुत बनाउन चाहिं सबै संग मिल्ने मिलनसार व्यक्तित्व, परि  आएको चुनौती सामना गर्न आवश्यक साहास अनि गरेको कामको जिम्मा लिने जवाफदेहिताको संगम भएको व्यक्तित्वका धनि एसपी सन्तोष राठोर अहिले बाँके जिल्ला प्रहरी प्रमुख हुनुले पनि भूमिका खेलेको छ ।

सन्तोष राठोरको विगत हेरेको र क्षमता बुझेकोले यति विश्वास गर्न सकिन्छ कि कोहि प्रति पनि आग्रह पूर्वाग्रह नराखी गर्नु पर्ने काम गरेर नै उनले नेपालगन्जवासी सबै संग मिलेर त्यो सहरलाइ फेरी एक पटक शान्त मात्रै हैन सबै मिलेर बस्ने खुसि सहर बनाउने छन ।