Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्वोच्चमा बेहोस भएर ढलेकी भारती अनसन बस्न फेरि पुगिन् माइतीघर,यस्तो छ अवस्था

सर्वोच्चमा बेहोस भएर ढलेकी भारती अनसन बस्न फेरि पुगिन् माइतीघर,यस्तो छ अवस्था

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध माइतीघरमा २ घण्टा अनसन बसेर तारिक बुझ्न सर्वोच्च पुगेका बेला त्यहीँ ढलेकी भारती मानन्धर उपचारपछि फेरि माइतीघर पुगेकी छन् ।

श्रीमान् चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल) लाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध उनी अनसन बसिरहेकी हुन् । बुधवार तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिरमा बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो । अस्पतालबाट आज डिस्चार्ज भएसँगै उनी फेरि रिले अनसनका लागि माइतीघरमा पुगेकी हुन । बुधवार उनी २ घण्टा अनसनमा बसेकी थिइन् ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी हुन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् । भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनशन सुरु गरेकी हुन् । माइतीघर मण्डलामा हिजो बिहानदेखि १ं० बजे बाट अनशन सुरु गरेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छिन् ।

अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्न ।’उनले दैनिक २ घण्टा रिले मनशन एक हप्ता सम्म बस्ने र सरकारले नसुने अर्काे कदम चाल्ने बताएकी छिन् । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए । आफ्ना श्रीमान्का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी हुन् । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए ।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको उनको गुनासो छ ।