Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनले ल्याए सुनौलो अवसर / ५ हजारलाई रोजगारी र १५ हजारलाई निशुल्क सीपमूलक तालिम दिदै

बालेनले ल्याए सुनौलो अवसर / ५ हजारलाई रोजगारी र १५ हजारलाई निशुल्क सीपमूलक तालिम दिदै

महानगर मेयर बालेन शाहाले फेरी अर्को प्रसंसनिय र उदाहरणीय काम गरेका छन् । उनले देशको बढ्दो बेरोजगारी न्यूनीकरण गर्ने प्रयास गरेका छन् । काठमाडौं महानगरपालिकाले बर्सेनि १५ हजार जनालाई सीपमूलक तालिम दिने भएको छ। साथै यीमध्ये पाँच हजारलाई रोजगारी दिने योजनासमेत महानगरको छ। मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आयवृद्धि योजना ल्याइएको बताएका छन्। उनका अनुसार समृद्धि गौरब योजना र श्रम बैंक स्वर्णिम योजना पनि सञ्चालन गरिनेछ। ‘हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरब योजना ल्याइएको हो,’भन्दै सामाजिक सञ्जाल फेसबुकमा आइतबार अपराह्न मेयर बालेनले पोस्ट गरेका छन्। महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरेर रोजगारी अवसर बढाउने पनि बालेनले बताएका छन्।

महानगरका हामि एक हौ भन्ने कुरा सायदै कम नहोला भनेर स्थायी बासिन्दा, महानगरका करदाता तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्ने उनले उल्लेख गरेका छन्। श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्तिलाई सीप विकासका लागि तालिम दिएर काममा लगाउने र अदक्ष कामदारलाई तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरेर रोजगार तथा स्वरोजगार सिर्जना गर्ने महानगरको तयारी छ।

यहि सन्दर्भमा मेयर शाहले हिजो एक स्त्यट्स पनि लेखेका छन् / यस्तो छ उनको स्ट्याटस..

काठमाडौँ महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याएको छ। हरेक बर्ष कम्तिमा १५००० जना लाइ सीपमुलक तालिम दिने र कम्तिमा ५००० नया रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना ल्याइएको हो भने। महानगरमा रहेका दक्ष , अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंक को स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाइ सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना संचालन मा ल्याइएको हो । महानगर का स्थायी बासिन्दा ,महानगर का करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिक हरु श्रम बैंक मा आबद्द हुन सक्नुहुनेछ ।

१. श्रम बैंक मा आबद्द भएका दक्ष कामदार हरु लाइ अन्तर्वार्ता तयारिका साथ सोझै काम मा लगाउने

२. अर्धदक्ष जनशक्ति लाइ skill upgrade का लागि तालिम दिई काम मा लगाउने

३. अदक्ष कामदार हरुलाइ रोजगारी र आयवृद्धि काठमाण्डौको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने

महानगर को उद्देश्य रहेको छ।

श्रम बैंक मा आबद्द जनशक्तिलाई तपशिलका ३ स्थानहरुमा व्यवस्थापन गरिने छ।

१) महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएत का क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन

२) महानगर job portal मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था , प्राइभेट कम्पनि, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्था हरु

३) महानगरको श्रम बैंक एप मार्फत part time job को रुपमा सबै सेवा हरु घण्टाका आधारमा तथा पटके का रुपमा जुन सुकै काम हरु गर्न मिल्ने व्यवस्था मिलाइने छ।

सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिनेछ।

गौरब को योजना मार्फत विभिन्न १५ स्थान हरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टर को स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम संचालन गरिने छ। सो का लागि महानगर ले बजार मुखी syllabus निर्माण को समेत काम गरिरहेको छ।

निजि क्षेत्र, सरकारी , गैरसरकारी क्षेत्र,उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्र को आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको छ।

साथै महानगर भित्र संचालित विभिन्न जब एजेन्सी हरु र तालिम प्रदायक संस्था हरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिनेछ। महानगर ले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित handyman जस्तै श्रम बैंक एप को open api हाल संचालन मा रहेका अन्य निजि कम्पनिका सोहि प्रकृतिका एप हरु लाइ निशुल्क उपलब्ध गराइनेछ।