Shares
Shares
काठमाडौँ । काठमाडौंको गैह्रिगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका २३ बर्षिय युवकको मानसिक अवस्था नबिग्रिएको पाइएको छ । जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले पक्राउ पछि शृंखलाबद्ध हत्या गरेको बताएपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गरेको थियो। अपराध अनुसन्धानमा ब्रेन म्यापिङको प्रयोग भएको पहिलो पटक हो । केन्द्रीय कारागारमा रहेको अस्पतालमा भण्डारीको ब्रेन म्यापिङ गरिएको हो। ब्रेन म्यापिङमा व्यक्तिमा कस्ता खालका विचारहरू पैदा हुन्छन् भनेर नसाबाट हेरिने गरिन्छ । झुटो बोल्ने र आपराधिक मनोवृत्तिहरु ब्रेन म्यापिङबाट थाहा पाउन सकिने चिकितसक बताउछन् / पक्राउ परेका भण्डारीले काठमाडौंको अन्य स्थानमा पनि आफूले हत्या गरेको तर प्रहरीले थाहै नपाएको र पत्ता लगाउन पनि नसकेको भनेर दोभासेमार्फत बयान दिएपछि प्रहरी चकित भएको थियो। प्रहरीले हत्या गरेको भनिएका कतिपय स्थानमा उनलाई लिएर पनि पुगेको थियो। ‘उनका कुराहरू पत्याउनै नसकिने खालका पनि देखिएपछि मानसिक अवस्थाबारे बुझ्न पनि यो नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने अवस्था बनेको प्रहरी स्रोत बताउछ । परीक्षणका क्रममा उनको मानसिक अवस्था नबिग्रिएको र सामान्यभन्दा अझ तीक्ष्ण दिमागको भएको पाइएको छ’,।
उनले भनेका हत्याका अन्य घटनाबारे भने प्रहरीले अझै केही यकिन गर्न सकेको छैन। प्रहरीले काठमाडौंमा पछिल्लो २ /३ वर्षयता हराएका तर नभेटिएका व्यक्तिहरूको सूची तयार गरेर पनि अनुसन्धान गरिरहेको छ। सञ्जयले हत्या गरेको भनिएका व्यक्तिको पहिचान नभएकाले प्रहरीलाई उनको दाबी यकिन गर्न हम्मेहम्मे परेको छ। नेपाल प्रहरीले यसअघि अपराध अनुसन्धानमा पोलिग्राफलाई प्रयोग गरेको थियो। पोलिग्राफले सम्बन्धित व्यक्तिले बोलेको कुरा झुटो हो की साँचो हो भनेर हेर्ने गरिन्छ। तर पोलिग्राफको रिपोर्ट मात्रलाई प्रमाण मान्न नसकिने अदालती फैसलाहरू छन्। भारतमा आरोपीले सही कुरा बयान दियोस् भनेर नार्को टेस्ट पनि गर्ने गरिएको छ। नेपालमा भने नार्को टेस्टलाई अपराध अनुसन्धानमा प्रयोग गरिएको छैन। भदौको अन्तिम साता गैह्रिगाउँस्थित एक काठ मिलमा ४ जनाको सामूहिक हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। प्रहरीले सिसिटिभी फुटेजका आधारमा सञ्जयलाई नियन्त्रणमा लिएको हो।
गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका युवक अहिले प्रहरी हिरासतमा छन्। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय सञ्जय भण्डारी अहिले हिरासतमा छन्। भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका बोल्न नसक्ने भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो। भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । खुकुरीले भण्डारीले चारै जनालाई प्रहार गरेर हत्या गरेका थिए। अधिकांशको अनुहार तथा टाउकामा चोट लागेको थियो।
सीसीटिभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्। हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कापीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए। तर अनुसन्धानका क्रममा उनले आफूले अन्य व्यक्तिहरुको समेत हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएका छन्। उनको बयानपछि प्रहरी चकित परेको छ। नक्साल, रोतोपुलमा आफूले अझै केही व्यक्ति हत्या गरेको भण्डारीले बयान दिएपछि अनुसन्धानमा संलग्न प्रहरी नै चकित परेका छन् । उनले भनेका कुराहरुलाई विभिन्न प्रमाणमार्फत् पुष्टि गर्नसक्ने आधारहरु छन्छै,नन् भन्ने विषयमा केन्द्रित भएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।
त्यसैगरी उनले नक्साल क्षेत्रमा समेत एक व्यक्तिको हत्या गरेर गाडेको दाबी गर्दै बयान दिएका छन्। यद्यपि उनको बयानलाई अहिलेसम्म पुष्टि गर्ने आधारहरु प्रहरीले फेला पारेको छैन। प्रहरीको आँखा छलेर भाग्न सकिन्छ कि वा घुम्न पाइन्छ भन्ने हिसाबले पनि भण्डारीले बयान दिएको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ। यसैगरी भण्डारीले सिन्धुपाल्चोकमा समेत हत्या गरेको भन्दै बयान दिएको प्रहरी अधिकारी बताउँछन्। आफूलाई सिन्धुपाल्चोक पुर्याएपछि हत्या गरेको ठाउँ देखाइदिने उनको भनाइ छ। तर उनको भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेको छैन। यसकारण कतै उनि जथाभावी बोल्ने / मानसिक सन्तुलन ठिक नभएको पो होकी भनेर प्रहरीले उनको ब्रेन म्यापिंग गरिएको थियो । तर उनको दिमाग झन् उरु आम मानिस भन्दा पनि त्रिसन रहेको भेटिएको छ ।
वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग फर्निचरमा बस्दै आएका नवीन राईले मोटरसाइकलले आफूलाई ठक्कर दिएका कारण हत्या गरेको भण्डारीको प्रारम्भिक बयान थियो। तर, अहिले अन्य व्यक्तिको पनि हत्या गरेको भन्दै बयान दिएपछि भण्डारीले सुरुमा दिएको उक्त बयानसमेत सत्य हुन नसक्ने प्रहरीको आकलन छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209