Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री साउद इजरायल जाने

नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री साउद इजरायल जाने

काठमाडौँ । नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली इजरायल जाने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली विद्यार्थी लिन इजरायल जाने निर्णय भएको बताए।

बुधबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले परराष्ट्र मन्त्री नै इजरायल जाने बताए। ‘नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्रीजी इजरायल जानुहुन्छ,’ रिजालले भने, ‘जो स्वदेश आउन चाहन्छन् उनीहरूलाई ल्याउने तयारी छ।’

इजरायलमा रहेका नेपालीहरूमध्ये २८८ जनाले स्वदेश आउन आवेदन दिएका छन्। नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल जाँदैछ। इजरायलमा ४५ सय जना केयर गिभर छन् भने दुई सय ६५ नेपाली विद्यार्थी रहेकोमा १० जना विद्यार्थीको हमासको आक्रमणबाट मृत्यु भएको थियो।