Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

श्रृंखला खतिवडाले स्वीकारिन् कान्तिपुरका मालिकसंगको प्रेम सम्बन्ध /भन्छिन्, अब चै भन्नै पर्ने समय आयो

श्रृंखला खतिवडाले स्वीकारिन् कान्तिपुरका मालिकसंगको प्रेम सम्बन्ध /भन्छिन्, अब चै भन्नै पर्ने समय आयो

काठमाडौँ । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले संचार उद्यमी सम्भव सिरोहियासँगको प्रेमलाई सार्वजनिकरुपमा स्वीकारेकी छन् । इन्स्टाग्राममा आइतबार बेलुका सम्भवसँगको रोमान्टिक तस्वीर सेयर गर्दै उनले ठूलो आँटका साथ प्रेम सम्बन्धलाई सार्वजनिक गरेको उल्लेख गरेकी छन् । आफूहरु प्रेममा रहेको जानकारी दिँदै श्रृंखला लेख्छिन्- नमस्ते, हामी सम्भव र श्रृंखला हौं । हाम्रो बीचको नाम होपलेस-रोमान्टिक हो । हामी दुबै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको छ । तर, यो हामीले भन्नैपर्ने समय हो ।’

‘म मेरो भर्चुअल परिवारसँग हाम्रो प्रेम सम्बन्ध सार्वजनिक गर्न पाउँदा म खुशि छु’ श्रृंखला लेख्छिन्, ‘गतवर्ष यस्तो गर्न निकै मुस्किल भएको थियो ।’ उनले सम्भवको प्रशंसामा काव्यिक शब्द खर्चिएकी छन् । श्रृङ्खलाले संभवसँग भेट भएपछि आफ्नो जीवनको मोड नै परिवर्तन भएको उल्लेख गरेकी छिन् । यसका लागि उनले संभवको प्रशंसामा पनि शब्दहरु प्रशस्तै खर्च गरेको देखिन्छ । श्रृंखलाको इन्स्टाग्राम स्टाटस हेर्दा यी दुबैजना केही समयदेखि प्रेम सम्बन्धमा रहेको थाहा पाउन सकिन्छ ।’ उनीहरुबीच केही वर्षदेखि डेट गर्दै आएका भएपनि सार्वजनिक रुपमा खुलेका थिएनन् । तर सम्भवको पारिवारिक कार्यक्रममा श्रृंखलाको उपस्थिति हुने गरेको थियो । यसबाट नै उनका प्रशंसकहरुले उनको र संभवको प्रेमको बारेमा आँकलन गरिसकेका थिए । तर, हिजो भने श्रृङ्खलाले सार्वजनिक रुपमा नै प्रेम स्विकार गर्ने हिम्मत जुटाएकी छिन् ।

श्रृंखला खतिवडा केही समय भ्लगर सिसन बानियाँको प्रेममा रमाइन्। मिस नेपाल भएसँगै भ्लगर सिसन बानियाँले शृंखलालाई खूब सहयोग गरे। उनको इन्ट्रोडक्सन भिडियो बनाउनेदेखि लिएर ‘ब्युटी विद पर्पोस’को भिडियो बनाउनसम्म पनि सिसनको ठूलो सहयोग थियो। उनीहरुको घुमफिरको तस्विरहरु बाहिरिन थालेपछि सिसन र शृंखला प्रेममा छन् भन्ने अकालन हुनथाल्यो । इन्स्टामा निकै तस्विरहरु पनि सार्वजनिक भए । श्रृंखला र सिसनले सार्वजनिक रुपमा प्रेम स्वीकार नगरे पनि खुलेर प्रेम प्रदर्शन गरे। यी दुईको सम्बन्ध टुटेको पनि केही समय बितिसक्यो। हुन त प्रेम नै स्वीकार नगरेका उनीहरुले सम्बन्ध सकिएको खबरबारे आधिकारिक धारणा नराख्नु स्वाभाविकै हो। तर गएको प्रणय दिवसको नजिकै सिसनले आफ्ना पूर्वप्रेमिकालाई सम्बोधन गर्दै लामो स्टाटस लेखे। ब्रेकअपको हल्लाबीच उनको स्टाटस सबैले श्रृंखलालक्षित अनुमान गरे। यो जोडीको ब्रेकअपअघि नै श्रृंखलाको सम्बन्ध सम्भव सिरोहियासँग सुरु भएको चर्चा भएको थियो। सम्भव कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका छोरा हुन्।

यता शृंखला खतिवडा भइन् २०१८ कि मिस नेपाल बिजेता हुन् । ५ जना सहभागी मध्ये अन्तिममा रहेकी उनले प्रमुख निर्णायकले सोधेको–'समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला?' भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उनी मिस नेपाल बनेकी हुन्। खतिवडाले एसएलसी हेटौडा एकेडेमीबाट पूरा गरेकि हुन्। हाइस्कूल गोल्डेनगेट अन्तरराष्ट्रिय कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसबाट आर्किटेक्चरमा स्नातकसम्म अध्ययन गरेकि छिन्। साथै उनले हार्वर्ड विश्वविद्यालयबाट अर्बान प्लानिङ (सहरी विकास योजना) विषयमा स्नातकोत्तर गरेकी छिन् । उनि पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाकि छोरी हुन् ।