Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

इजरायल आक्रमणमा घाइते भएका कैलालीका धनबहादुरको उपचारमा सरकारले सहयोग गर्ने

इजरायल आक्रमणमा घाइते भएका कैलालीका धनबहादुरको उपचारमा सरकारले सहयोग गर्ने

काठमाडौँ । हमासको आक्रमणबाट घाइते भएका कैलाली टिकापुरका धनबहादुर चौधरीको उपचारमा सरकारले सहयोग गर्ने भएको छ। परराष्ट्र मन्त्री एनपी साउदले चौधरीलाई फोन गरेर उनको स्वास्थ्य अवस्था बुझ्नुका साथै उपचारका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। 'मन्त्रीज्यूले हिजो फोन गरेर केही समस्या पर्यो भने सम्पर्क गर्नु भनेर व्यक्तिगत नम्बर दिनुभयो,' 'उहाँले थप उपचार गर्नुपर्यो भने अगाडि जानकारी गराउनु, त्यसको व्यवस्थापन सरकारले गर्छ भन्नुभएको छ।'

गत असोज २० गते हमासले इजरायलमाथि आक्रमण गर्दा चौधरी घाइते भएका थिए। उनको हमासले हानेको ग्रिनेटको छर्राले लागेर कम्मरमुनी घाउ भएको छ भने दुवै खुट्टामा छर्रा अड्किएको छ। चोटकै कारण अहिले उनी हिँडडुल गर्न सक्दैनन्। कम्मरमुनी धेरै घाउ भएका कारण उनको खुट्टा टेक्न सक्ने भएको छैन। उनी अहिले काठमाडौंस्थित आफन्तकहाँ बसेका छन्। शुक्रबार नेपाल आइपुगेका उनको अहिले थप उपचार भइरहेको छ।

अहिलेसम्मको उपचार आफ्नै खर्चमा भइरहेको उनले बताए। सरकारले उपचारको जिम्मा लिइदिए परिवारलाई सहज हुने उनको भनाइ छ। सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान पढिरहेका चौधरी गत महिना विश्वविद्यालयको कार्यक्रमअन्तर्गत साथीहरूसँग इजरायल पुगेका थिए।