Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

इजरायलबाट दिल्ली आएका नेपाली विद्यार्थीहरु घर फर्किंदै

इजरायलबाट दिल्ली आएका नेपाली विद्यार्थीहरु घर फर्किंदै

काठमाडौँ । इजरायलबाट भारतको दिल्ली आएका नेपालीहरू स्वदेश फर्किएका छन्। भारतीय विमानबाट १८ जना नेपाली मंगलबार दिल्ली आएका थिए। उनीहरूलाई बसको व्यवस्था गरेर नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

१८ जनामध्ये ७ जनालाई रिजर्भ गरिएको बसबाट कञ्चनपुर पठाइएको छ। ८ जनाले भने काठमाडौं आउन आफैं टिकट लिएका छन्। दुई जना आफ्नै तरिकाबाट घर जाने भन्दै निस्किएका थिए भने एक जना मुम्बईमा आफन्तकोमा गएका छन्।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले इजरायलबाट नेपालीहरूलाई पनि विमानमार्फत ल्याइदिएकोमा भारत सरकारलाई धन्यवाद दिएका छन्।