Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँका यी सडक आजदेखि ‘वान वे’

काठमाडौँका यी सडक आजदेखि ‘वान वे’

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका ३ वटा सडक खण्डलाई आजदेखि एकतर्फी गरिएको छ। महानगरभित्रको ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानगर क्षेत्रका ३ वटा सडक खण्डलाई सवारी सञ्चालनको लागि बुधबारदेखि ‘वान वे’ गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकलाई एकतर्फी गरिएको छ। त्यो सडकमा अब त्रिपुरेश्वरबाट प्रवेश गर्न पाइने छैन। त्यसैगरी जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी तर्फ जाने सडकलाई पनि एकतर्फी गरिएको छ।

त्यस्तै पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। प्लाजा देखी महेन्द्र शालिकसम्मको सडकलाई पनि आजबाट एकतर्फी गरिएको महानगरपालिकाले जनाएको छ।