Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

काठमाण्डौ,वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बसबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। लागूऔषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ घर भएका ४० वर्षिय रबिन्द्र केसी रहेका छन्। उनको साथबाट नेपालमा प्रतिबन्धित लागूऔषध फेनारगन ३ सय पिस, डाइजापाम ३ सय पिस र नुरफिन ३ सय पिस गरी ९ सय पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार वीरगन्जबाट हेटौंडा तर्फ जाँदै गरेको ग-१-ख ९६२६ नम्बरको यात्रुवाहक बस प्रहरीले परवानीपुरमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा केसीले बसका चालक बस्ने सिटमुनि लुकाएर राखेको सेतो झोलबाट ती लागूऔषध बरामद भएको थापाले जानकारी दिए।

लागूऔषधसहित पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए।