Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

छोरा मिरोजले लेखे आमा मिना ढकाललाई खुलापत्र

छोरा मिरोजले लेखे आमा मिना ढकाललाई खुलापत्र

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल र मिना ढकालको वैवाहिक सम्बन्ध बिग्रिएको धेरै समय भैसक्यो । हामि सबैलाई थाहा छ । २ सन्तानका अभिभावक दुई जनाले डिभोर्स गरेपछि दुवै सन्तान एक छोरा र छोरी भने मनोज गजुरेलसंगै थिए । मिना ढकाल भने एक्लिएकी थिइन् । गजुरेल दम्पतिकि छोरी केहि समय अघि मात्र अध्यनर रोजगारीको शिलशिलामा पर्देशिएकि छिन् । छोरा मिरोज भने नेपाल मै मनोज गजुरेल्संगे बसिरहेका छन् । सम्बन्धमा खटपट भयो मन मिलेन डिभोर्स भयो । डिभोर्स भएपछी श्रीमान् मनोज गजुरेल ले दोस्रो विवाह गरे मौन रहे तर यता श्रीअमति मिना ढकालले भने आफ्नो पुर्व श्रीमान्को बिषयमा ताण्डव मच्चाउँन थालिन्। उनले बोल्न हुने ,नहुने सबै बोलिन् ,भनीन् । तर आफ्नै पुर्व श्रीमतिले आफ्नो बिषयमा तथानाम भनेर तीव्र आलोचना गर्दा पनि पब्लिक फिगर रहेका मनोज गजुरेलले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।

मिना ढकालले आफ्नो पुर्व श्रीमान्को विरुद्दमा लेखेर सामाजिक संजाल भरिभराउ बनाएकी हुन्छिन्डि। भोर्स पछी पनि मनोज गजुरेलसंग यति धेरै प्रतिशोध हुनु मुख्य कारण भनेको उनको मनोजको दोस्रो विवाह र छोराछोरीलाई आमा अर्थात मिना ढकालको छत्र छायाबाट टाढा राखिनु हो भन्ने उनका भनाई र सामजिक संजालमा लेख्ने स्त्यतास बाट आकलन गर्न सकिन्छ । छोरी विदेश जाने बेलामा यर्पोर्टमा बिदाई गर्न सबै थिए तर उनलाई जन्मदिने आमा मिना ढकाल थिइनन् / कुरा जे भएपनि जन्मदिने आमाको मन त्यो समयमा कस्तो भयो होला, यो समयमा चै मनोज गजुरेलले आफ्नी छोरीलाई बिदाई गर्न मिना ढकाललाई बोलाएको भए हुन्थ्यो भन्ने पर्तिक्रियाहरु आएका अठिए । हो भावनात्मक हिसाबले आमाको मन जस्तो अरुको मन हुन् सक्दैन पनि /यस्तै यस्तै कुरा हुदै थिए उनीहरको सम्बन्ध बिच्छेदपछि धेरैले मिना ढकाल लाई नै गलत भने ,थोरै संख्या थियो जो मनोज गजुरेल गलत हुन् भन्ने जमात थियो । कुरा जे होस् अरुको घर भित्र को २ श्रीमान् श्रीमती बीच को समबन्ध , झगडा ,व्यवहार तेस्रो व्यक्तिले बुझ्न सक्दैन अनुमान मात्र लगाउने हो ।

मिना ढकाल गलत थिइन् या मनोज गजुरेल यो उनीहरु स्वयम् दुबैलाई थाहा होला तर पुर्व पतिलाई मनलाग्दी भनेर गालिगरिरहने मिना ढकालका छोरा मिरोज ले आज अनन्त आफ्नी आमालिई खुला पत्र लेखेका छन् ।

उनको खुला पत्रले बाबु आमाको सम्बन्ध बिग्रिनुमा आमा मिना ढकाल नै गलत रहेको आशय दिएको छ ।

छोरा मिरोजले गित मार्फत लेखेको खुला पत्र यस्तो छ ...

यो हो सत्यलाई जिताउने गीत, विपक्षीको पराजय

भेडा-बाख्राको जमात, आलोचना अराजक

सही पक्ष बोल्दैन, प्रश्न चिन्ह खडा छ

लगाईदिन्छु पुर्णविराम, सुन् असली कथा तँ

बस्थ्यौँ एउटा कोठामा, जान्थिन आमा थुनेर

सीप सिक्न भनी, ठूला-ठूला सपना बुनेर

चोटपटक लाग्ला भनी कसैको नसुनेर

सुनेपनि बोलिसाध्य कहाँ हुने र

राखिएको थियो मलाई एक्लो सानैदेखि

गालीगलौज सुरु हुन्थ्यो एकाबिहानै देखि

ताण्डव मच्चाउने, उनको चाहानै त्यति

आफुलाई पीडित देखाएर लिने सहानुभुति

मायाभन्दा बढि देखाउने गर्थिन् रिस

खाना खाउ कहिले भनिनन्, सुन्थेँ भात घिच

म जन्मेको बेला उनको उमेर १९-२०

ममताको अपरिपक्व रूपले त्रसित

हुर्किएको थिएँ म झैँझगडाको वरिपरि

छुट्टै बसेको थियौँ आफन्तबाट पर सरी

भड्काइएको थियो मलाई घरपरिवारविरुद्ध

दिनरातको ठाकठुक थियो बाउले जहिले हार्ने युद्ध

इज्जत र प्रतिष्ठाभन्दै बसे बाउ सहेर

ओशोको ध्यानको छत्रछायाँमा रहेर

म भने आमाको हरेक झुटमा बहेर

बाउलाई नराम्रो देख्थेँ, गजुरेलतिर नहेर

उपाध्ययले जैसी बाहुनलाई हेर्ने नजर फरक थियो

को सही र को गलत, त्यो आत्मपरक हो

तर भनेजस्तो नहुने बित्तिकै अलि झर्क्यो

बाबासँग तर्क्यो र भित्ता तिर फर्क्यो

मध्यरातमा ब्युझिन्थेँ म ठूलठूलो आवाजले

बाबाको चाहिँ सानो स्वर, के भन्छ समाजले

दिनरात नभनी जति बेला पनि बाज्ने

अर्को दिन पसल जान नमान्ने म लाजले

याद छ, अति हुँदा बाउले आफ्टर शेव घुट्काको

अस्ति भर्खर सोच्दामात्र त्यो कुराको सुर पाको

खानलाउन दिनेमात्र माया भनी हुर्काको

हुनु अघि धेरै चोटी डिभोर्स भनी घुर्काको

एकचोटी मेरो बाउ विदेश गएको बेला थियो

इन्टरनेटको प्रयोग त्यति नभएको बेला थियो

लोड शेडिंग हुँदा मैन बत्ती बलेको बेला थियो

फेसबुक अघि याहू मेसेन्जर चलेको बेला थियो

सुनेँ एउटा कलमा आमाले हिन्दी बोलेको

याहू च्याटमा भेटिएकोसँग कुरा खोलेको

बाउ फर्केपछि मलाई बोलाए, मैले पोल लाएँ

झगडा पछि भेटेँ मैले आमाको धुलाई

त्यस्ता घटना त घटे कति हो कति

डिभोर्स अगाडि नै मैले भेटेँ दुईटा जति

माईती गईन्, उचाल्लीइन, छोड्ने भइन् पति

बाउ रोको देखेँ, माको माया लागेन एक रति

छोडपत्रले पुगेन, गर्न थालिन् मिडियाबाजी

बाउ बोल्नै नचाहने, सुरु गरिन् सिध्याबाजी

कुरा गर्न थालिन् भएको नभएको

आमा भको ठाउँमा युटुबरहरु सबै गएको

ठुलीआमा भनौँदीले बहिनीलाई प्रयोग गरेको

त्यति हुँदा पनि मनोज दाई अडिग रहेको

नाम बदनाम गरेर नि फेरि मिल्न खोज्दैथिइन्

नानी, मलाई आनन्द, आमा हैन बोझै थिइन्

टिकटकको सजिलो चर्चा बोकेर मोजमै छिन्

विचार नभकाको समर्थन पाएर सोझै छिन्

दोस्रो बिहेपछि उनको रिस घृणामा परिणत

हिजोअस्तिसम्म उनलाई याद पनि गरिन

बाबा र आन्टीलाई गाली, म विवादमा परिन

६ वर्ष नबोलेको, guess what? म मरिन

एकचोटी मात्र हो मैले यो सब भन्ने

कुरा कोट्याइरहनलाई तिमीहरु सब छौ नि

धेरै भो तिमीहरुको चासो, अब नदेखा, कसैको सरोकार छैन

सोध्न छोड्दे मेरो आमाको बारेमा, तिमीहरु पत्रकार हैन

दिन्न म कसैलाई अन्तरवार्ता अब बोल्ने हो गीतबाट मात्र

बाबा हास्यव्यङ्ग्य कलाकार हो तर म हैन हासोको पात्र

Comments disabled, टिकटकमा आमाको भिडियो आउँदैन

आमा कसम भनेको मलाई आमाको माया लाउँदैन

६ वर्ष नबोली बसेको हो, अब त्यही क्रम कायमै राख्छु

बालकोटमा घर, चितवनमा काम, बाबा-आन्टीको मायाले बाँच्छु

आमा भनेको आमा अनि राक्षस्नी भनेको राक्षस्नी

मुख छाड्न मिल्ने भएको भए त म भन्दै हुन्थेँ मा...

एकतर्फी कुरा सुनेर आफ्नो मति भ्रष्ट नगरौँ

अहिलेलाई यति, बाँकी पछि, गएँ म हस्त लौ

[embed]https://www.youtube.com/watch?v=7BsxQlBBrEQ[/embed]