Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

अब लाईसेन्स गोजीमा बोकेर हिड्ने झन्झट सकियो

अब लाईसेन्स गोजीमा बोकेर हिड्ने झन्झट सकियो

काठमाडौँ । के तपाई ट्राफिक चेकजाँचमा पर्नुभयो ? अब नागरिक एपबाटै लाइसेन्स देखाउन सकिन्छ । तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चिट काट्ने छैन । नागरिक एपमा तपाईंको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ । नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो गर्न नपर्ने सरकारले जनाएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ । यो व्यवस्था हिजोदेखि कार्यान्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्नसमेत आग्रह गरिएको छ ।

ट्राफिक प्रहरीको कागजपत्र चेकजाँचको क्रममा भौतिक रूपमा सवारीचालक अनुमतिपत्र देखाउन नपर्ने भएको हो । नागरिक एपमार्फत आफ्नो लाइसेन्स देखाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ। तर, सवारी नियम उल्लंघनबापत कारबाहीमा पर्दा भने अनिवार्य रूपमा लाइसेन्स बोक्नुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रस्ट्याएको छ । नागरिकका सबै विवरण राख्न मिल्ने गरी सरकारले नागरिक एप बनाएको हो। तर, यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन। एपमा नागरिकता, पासपोर्ट, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत विवरण प्राप्त गर्ने, कर तिरेको विवरण हेर्न मिल्नेलगायत सुविधा छन्। तर, प्रत्यक्ष सेवा प्रवाहसँग भने एप जोडिन सकेको छैन। सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ २०७७ माघमा सार्वजनिक गरेको थियो। नागरिक एपमा नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी लिंक गर्न सकिन्छ। साथै, केही मिनेटमै कार्यालय नै नगइ प्यान नम्बर समेत एपबाटै लिन सकिन्छ।

सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात (सरकारी निकायले जारी गर्ने) वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले ‘नागरिक एप’ सार्वजनिक गरेको थियो। नागरिक एपमा नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी लिंक गर्न सकिन्छ। साथै, केही मिनेटमै कार्यालय नै नगइ प्यान नम्बर समेत एपबाटै लिन सकिन्छ।