Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

लुकाएको चिनि धमाधम भेटिन थाल्यो,पसल पसलमा पुग्यो प्रहरी (भिडियो सहित हेर्नुहोस)

लुकाएको चिनि धमाधम भेटिन थाल्यो,पसल पसलमा पुग्यो प्रहरी (भिडियो सहित हेर्नुहोस)

कार्तिक १७-

बजारमा चिनिको कालोबजारी र उद्योगहरुले चिनी लुकाउन थाले पछि सरकाले चिनी खोजतलासका लागी प्रहरी परिचालन गर्ने भएको छ । चाढबाढकै समयमा चिनिको अभाव बढे पछि सरकाले उद्योगीहरुले चिनी लुकाएको आशंका गरि चिनी खोज्न प्रहरी परिचालन गरेको हो । यस्तै एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ। विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय गरेको हो । अहिले बजारमा चिनी केजी कै १ सय २० देखी ३० सम्म खुद्रा ब्यापारिले लिने गरेका छन् । बजारमा चिनीको कृत्रिम अभाव सृजना गरिएको, उपभोक्ताबाट उच्च मूल्य असुल गरिएको र बजारमा चिनीको कृत्रिम भण्डारण गरिएको सूचनापछि यस्तो निर्देशन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । बैठकले नेपालमा चिनी उद्योगहरु र आयातकर्ताले चिनीको मौज्दात राखेको हुनसक्ने भन्दै सबै उद्योगमा प्रहरी परिचालन गरेर विवरण संकलन गर्न र सोको विवरण पेश गर्न पनि प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1348274769411081

बैठकले बजारमा अवैध रुपमा भइरहेको चिनीको आयातलाई रोक्न, कृत्रिम जम्माखोरीबारेको सूचना लिएर खोजतलासी गर्न सुरक्षा निकायको प्रभावकारी परिचालन गर्न पनि निर्देशन दिएको छ । बजारमा चिनीको अभाव हुनुमा उद्योगीहरुको भूमिका रहेको भन्दै बिहीबारको बैठकमा उद्योगीहरुलाई चिनी आपूर्ति सहज बनाउन कडाइ गर्ने निर्णय गरेको छ । सुरक्षा निकायबाट सकंलन हुने चिनीको मौज्दात विवरणपछि विभिन्न उद्योगहरुलाई बिक्री गरिएको भनिएको चिनी सरकारले बजार पठाउने प्रक्रिया थाल्ने पनि बैठकले निर्णय गरेको छ ।

उद्योगहरुमा रहेको यस्ता चिनी सरकारले फ्याक्ट्री मूल्यमा लिएर साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत सहुलियत मूल्यमा उपभोक्तालाई बिक्री गर्ने पनि बैठकले निर्णय गरेको छ । यसैबीच प्रधानमन्त्री कार्यालयको निर्देशन लगत्तै नेपाल प्रहरीले चिनीको अवैध कारोबार नियन्त्रणका लागि सहयोग गर्न भन्दै सर्वसाधारणसँग सूचना माग गरेको छ । सामाजिक सञ्चालमा एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले चिनीको जम्माखोरी, कालोबजारी तथा अवैध कारोबारको सूचना माग गरेको हो । तिहार जस्तो ठूलो पर्वमा बजारमा चिनीको हाहाकार सृजना हुन नदिन प्रहरीले सक्रिय भूमिका खेल्ने पनि प्रहरीले जनाएको छ । तिहार नजिकिए संगै चिनीको खपत पनि बढी हुन्छ । त्यसैले पनि सरकाले यस बिषयमा ध्यानकर्षण भएको जनाएको छ ।