काठमाडौँ । हामीले ड्राइभर ड्राइभर बीच अनि खलासी खलासी बीच झगडा भएको सुनेका छौ ,देखिरहेका हुन्छौ यो सामान्य हो । किनकि सडक यात्रा गर्दा दुर्घटना धेरै हुन्छ ,गाडी गाडी बीच ओभरटेक /प्रतिस्पर्धा हुन्छ यसकारण ड्राइभर ,खलासी बीच झगडा ,र सामान्य नोकझोक भईनैरहन्छ । तर आश्चर्यजनक कुरा के भएको छ भने हवाई यात्रा गर्ने दुई पाइलट बीच हवाई यात्रा गर्ने क्रममै बीच झगडा /कुटाकुट नै भएको घटना सार्वजनिक भएको छ । अब यसरि पाइलटहरु नै ड्युटी समयमा नै यसरि कुटामारी गर्न लगेपछी यात्रु सुरक्षा खै भन्ने प्रश्न उठ्न थालेको छ । हुनपनि पछिल्लो समय हवाई यात्रासंग मान्छेहरु डराउँन थालेका छन् /हवाई दुर्घटनाका घटनाहरुले मान्छेलाई ससंकित बनाईरहेको बेला अब यसरि ड्युटी समयमा नै पाईलट, पाईलट नै जुध्न थालेपछि अवस्था के होला ?
शुक्रवार बिहानै रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबिच कुटाकुटको भएको समाचार बाहिरिएको छ । काठमाडौँ–लुक्ला ट्रान्जिटको रूपमा रहेको मन्थली विमानस्थलमा बिहान तारा एयरका दुई पाइलट सञ्जीव श्रेष्ठ र सन्तोष शाहबीच कुटाकुटको स्थिति बनेको हो । शुक्रवार बिहान लुक्लाका लागि काठमाडौँबाट फ्लाइट नम्बर १११ मा गएका पाइलट शाह र मन्थली क्याम्पमा नै रहेका पाइलट श्रेष्ठबीच कुटाकुटको स्थिति बनेको तारा एयरले जनाएको छ । तथापि, यो घटनामा कम्पनी वा फ्लाइटको कुनै सम्बन्ध नभएको जिकिर गर्दै कम्पनीले दुई पाइलटहरूकै व्यक्तिगत रिसिबीका कारण घटना भएको जनाएको छ । तथापि, कम्पनीले घटनामा संलग्न दुई जना पाइलटलाई नै निलम्बन गरिसकेको छ । ‘दुई पाइलटबिच व्यक्तिगत रिसिबीका कारण सामान्य भनाभनको स्थिति बनेको रहेछ । यत्तिकैमा एक पाइलटले धकेल्दा अर्का पाइलट लड्नु भएछ । युनिफर्ममा नै लडेकाले घटनाले ठुलो रूप लियो । यसो भएपछि हवाई सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले अन्द स्पाेर्ट दुवै जनालाई त्यहीँ सस्पेन (निलम्बन) गरेको कुरा तारा एयर होल्डिङ कम्पनी यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले जानकारी गराएका छन् ।
घटनामा संलग्न पाइलटहरूमाथि छानबिन गर्न आन्तरिक छानबिन समिति समेत बनिसकेको बताउँदै बर्तौलाले पाइलटहरूको स्पष्टीकरण लिइरहेको जानकारी दिए । घटनालगत्तै कम्पनीले अर्को पाइलटमार्फत मन्थली–काठमाडौँ जहाज उडान भरेको छ । नागरिक उड्डयन प्राधिकरणले पनि घटनामा संलग्न पाइलटहरूलाई निलम्बन गरेको छ । क्याप्टेन सन्तोष शाह आज बिहान ८ बजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै थिए । लुक्लाबाट मन्थली आएका क्याप्टेन शाह जहाजबाट ओर्लिएर बाहिर निस्केर हिँड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जाँदै थिए । दुईजनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठसँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुइँमा बजारिन पुग्दा सामान्य घाइते भएका छन् ।
उक्त घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्लातर्फ उडेका छन् भने शाह कानुनी उपचारका लागि शाहविरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । क्याप्टेन शाहले आफूलाई विनाकारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारबाहीका लागि निवेदनसहित कार्यालयमा पुगेका छन् । घटनाबारे थप अनुसन्धान र सोधपुछ भैरहेको छ । दुई पाइलटबीच के कारणले कुटाकुट भएको यसबारे आफूलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिए । उनले भने– घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली विमानस्थलमा ग्राउन्डेट गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला एयरपाेर्टमै ग्राउन्डेड गरिएको छ ।