काठमाडौंसहित देशभर र भारतका विभिन्न शहरमा केही समय अघि भुकम्पको धक्का महशुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस भएको छ।
यस्तै अमेरिकाको भूकम्प जोखिम कार्यक्रमका अनुसार जुम्लाभन्दा ४२ किलोमिटर दक्षिणलाई केन्द्र बिन्दु बनाएर ५ दशमलव ६ म्याग्निच्युडको भुकम्प मापन गरिएको छ ।
वरिष्ठ पत्रकार भद्र शर्माले सामाजिक सञ्जालमा एउट तस्बिर राख्दै जाजरकोटमा भुकम्पले चर्किएको भित्ता भनेका छन् । भुकम्पको क्षतीको विवरण आउन बाँकी छ ।
पछिल्लो पटक बझाङको चैनपुर केन्द्रबिन्दु भएर १६ असोजमा गएको ६।३ म्याग्निट्यूडको भूकम्पले मानवीय र भौतिक क्षति भएको थियो। क्षतिको विवरण आउन बाँकी छ।