Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भूकम्प प्रभावित क्षेत्रमा दुई सय स्वास्थ्यकर्मी परिचालित

भूकम्प प्रभावित क्षेत्रमा दुई सय स्वास्थ्यकर्मी परिचालित

जाजरकोट, कात्तिक २० गते । भूकम्प प्रभावित क्षेत्रमा दुई सय स्वास्थ्यकर्मी परिचालित भएका छन । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाउँबस्ती खटिएको हो ।

जाजरकोट अस्पतालका फोकलपर्षन कृष्णबहादुर खत्रीका अनुसार नेपालगन्ज, सुर्खेत काठमाडौँ, दाङ्, लगायत अस्पताल तथा स्वास्थ्य संस्था नेपाली सेना, सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर स्वास्थ्यकर्मीको टोली सहयोग गर्न औषधिसहित जाजरकोट पुगेको टोली सात वटै पालिकाका ग्रामीण बस्तीमा पुगेको फोकल पर्सन खत्रीले बताउनुभयो ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको टोली भूकम्पको केन्द्रबिन्दु रामिडाँडा पुगेको डाक्टरसहित काउनसेलरको टोलीले बारेकोट गाउँपालिका १ रामिडाँडा, सिल्पाचौरका घाइते तथा प्रभावित जनतालाई स्वास्थ्य उपचार गर्न थालेको इन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले बताउनुभयो । बारेकोट १ रामिडाँडामा राहत सामग्री समयमा नपुगेका कारण खुला आकाशमुनि सर्वसाधारण बस्न बाध्य भएका छन् ।