Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिङगो देश रोइरहेको बेला करोडौँ खर्च गरेर राष्ट्रपतिको विदेश भ्रमण, जनता खुला आकाशमा खाली पेट रात काट्दै (भिडियो सहित हेर्नुहोस)

सिङगो देश रोइरहेको बेला करोडौँ खर्च गरेर राष्ट्रपतिको विदेश भ्रमण, जनता खुला आकाशमा खाली पेट रात काट्दै (भिडियो सहित हेर्नुहोस)

मुलुक राष्ट्रिय विपत्तिमा परेको छ । जाजरकोट र रुकुम पश्चिम यतिबेला रोईरहेको छ । आफन्तको लास, खुल्ला आकाशको बास, खाली पेट, नाङगो शरिर र अनिश्चित भविष्य बोकेका स्थानीय अभिभाबकिय साथ खोजिरहेका छन् । सुरक्षाकर्मी र स्थानीय प्रशासनसँगै स्थानीय जनता खोजी तथा उद्धारकार्यमा रातदिन नभनी खटेका छन। यता मुलुककै अभिभावकको विदेश भ्रमणको तयारी चलिरहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्म युरोपका तीन देशको भ्रमण गर्ने कार्यसूची छ । त्यसमा फ्रान्समा ‘पेरिस पिस फोरम’ मा भाग लिने र त्यसपछि जर्मनी र इटलीको भ्रमण गर्ने कार्यतालिका रहेको छ । मुलुकले यतिविघ्न विपत्तिको सामना गरिरहेको बेला राष्ट्रपति युरोप भ्रमण निस्कनु साच्चै राम्रो हो ? कयौँ प्रश्न उठेका छन् । यसबाट यसबाट यो प्रष्ट हुन्छकी राष्ट्रपति संस्थाले जनतालाई बेवास्ता गरेको छ । यसै पनि घर शोकाकूल रहेको बेला घरमूली नै विदेश भ्रमणमा निस्कनुले कस्तो सन्देश जान्छ ? कमसेकम यो समयमा भ्रमण रद्ध गरेर जनताको द्धाउमा मलम लाउनु पर्ने् समय होईन ? यि र यस्तै प्रश्न उठेका छन् ।

भूकम्पबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्निर्माणमा सहयोग पु¥याउन दलहरू राजनीति गतिविधि स्थगन गरेर जाजरकोट र रुकुममा केन्द्रित भएका छन् । आ–आफ्ना दल तथा तीनका भातृसंगठन, शुभेच्छुक संघसंस्थाले प्रभावित क्षेत्रमा बाँडिएका राहत तथा उद्धारका कार्यहरूको तस्बिर तथा भिडियोले सामाजिक सञ्जाल भरिएको छ । यति बेला धेरै जसो राजनितीक दल टि आरपी बढाउन गएको भन्दै आलोचना गर्नेको पनि कमी छैन् । टीआपी नै सहि कमसेकम जनताको साथमा जनप्रतिनीभी छन् भन्ने त हुन्छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर हालसम्म १५७ जनाको ज्यान गएको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/286144194386816

अहिले सिङ्गो देश जाजरकोट र पश्चिम रुकुमको पीडामा एकाकार हुन खोजिरहेको छ । हिजोको अनुभवबाट सिकेर पनि होला, सरकारी निकाय पनि धेरथोर प्रभावकारी देखिएका छन्, जनस्तरमा पनि जसले जे सक्यो त्यो सहयोग गर्ने क्रम चलेको छ । सर्वसाधारणले आफूसँग जे–जति छ त्यति सहयोग गरेर यो विपद् सामना गर्न खोजिरहेका छन् । व्यक्ति र संस्थाहरु सहयोगको घोषणा गरिरहेका छन्, बसदेखि जहाजसम्मले राहत र घाइते बोक्न अपिल गरिरहेका छन् । यो शोकाकूल अवस्थामा मुलुकले राष्ट्रपतिबाट राख्ने अपेक्षा भनेको मृतकहरु प्रति समवेदना दिएर राहत तथा उद्धारमा लाग्नु पर्ने समय पनि हो । यो समयलाई यतिविघ्न सदुपयोग गर्नुपर्ने अवस्थामा राष्ट्रपतिले ९ दिन देश बाहिर बिताउने गरी भ्रमण कार्यक्रम तय गर्नु कुनै दृष्टिले पनि उपयुक्त होइन । भूकम्प पीडित खुला छानामुनि भोकै सुतिरहेको बेला राष्ट्रपति नेतृत्वको भ्रमण टोलीले युरोप जान देशको ढुकुटी माथि गर्ने खर्चको मनोवैज्ञानिक सन्देश यो प्रणालीमाथि पर्नेछ । त्यसैले हामी राष्ट्रिपति ज्युलाई आग्रह गछौँ भ्रमण रद्ध गरेर जनताको घाउमा मलम लगाई दिनुहोस् । तपाँई मलम लगाउन सक्नुहुन्न भने बरु निर्देशन दिनुहोस् । अभिभाकत्व निभाउनुहोस् ।