Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेनले ल्याए ‘भेटौँला, महानगरवासीको दुः ख मेटौँला’ भन्दै स्वर्णिम यो जना , यस्ता छन सेवा सु बिधा ?(भिडियो सहित हेर्नुहोस)

बालेनले ल्याए ‘भेटौँला, महानगरवासीको दुः ख मेटौँला’ भन्दै स्वर्णिम यो जना , यस्ता छन सेवा सु बिधा ?(भिडियो सहित हेर्नुहोस)

कार्तिक २०, काठमाडौँ ।

‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका छन । काठमाडौँ महानगरको साथी महानथर स्वर्णिम योजना कार्यान्वयनमा आएको छ । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ ।

महानगरबासीका सुख दुःखमा सँगै रहने कार्यक्रम सञ्चालनमा आएको छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् । यसका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौँ ।

तपाईँका यस्ता समस्यामा हामी साथ दिन्छौँ । तपाईँ काठमाडौँ महानगरबासीमा यस्तो अवस्था छ भने तपाईँ बसोबास गरिरहनु भएको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्नुहोला । यसरी सम्पर्क गर्न जाँदा तपाईँलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो, ब्यहोरा खुलेको निवेदन लिएर जानु होला । निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्नुहोला ।

https://www.facebook.com/laligurashmedianetwork/videos/2467113163450489

यदि विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजार सम्म खर्च उपलब्ध गराउने छ । महानगरले विपन्न अन्तर्गत घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कुनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको , कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको भनी वडा कार्यालयमा सिफारिस लिनु पर्दछ ।

यस्तै घर जग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्ष भित्र कनै पनि वैदेशिक रेमिटेन्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थ रहेकोलाई परिवारको हकमा महानगरपालिकाले १५ हजार सम्म किरिया खर्च उपलब्ध गराउने छ । शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपाङ्गता रहेको, कुपोषित गर्भवती तथा कुपोषित बच्चा रहेको, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्ने छ ।

यस्तै ४२ दिन भित्रको सुत्केरी, परिवारमा अन्य १५–६० वर्षका व्यक्ति नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको सुत्केरीलाई भने महानगरले ७ हजार ५ सय सुत्केरी खर्च उपलब्ध गराइने छ । सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको हो । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको महानगरले जनाएको छ ।