कार्तिक २० ,काठमाण्डौ -मुलुक राष्ट्रिय विपत्तिमा परेको छ ।जाजरकोट र रुकुम पश्चिम यतिबेला रोईरहेको छ । आफन्तको लास, खुल्ला आकाशको बास, खाली पेट, नाङगो शरिर र अनिश्चित भविष्य बोकेका स्थानीय साथ खोजिरहेका छन् ।तर, यहि समयमा राष्ट्रिपतिको भ्रमणको चर्चा,एकिकृत समाजबादीको जम्बो टोलि भोली चिन जाने त्यसमाथी लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरी अमेरिका घुमघाममा व्यस्त छन् ।
शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा त्यसको असर लुम्बिनी प्रदेशसम्म परेको छ । भूकम्पबाट लुम्बिनी प्रदेशको रोल्पामा २ जना घाइते भएका छन् । यसैगरी प्युठानमा ३ जना घाइते हुँदा अर्घाखाँचीमा पनि एक जना घाइते भएका छन् । यस्तै रुकुम पूर्व, दाङ, रोल्पा लगायत लुम्बिनी प्रदेशका जिल्लाका सर्वसाधारणको भौतिक संरचनामा क्षति पुग्दा मुख्यमन्त्री चौधरी भने घुमघाममा मस्त रहेका छन् । विपत्तिका बेला गम्भीर नभई मुख्यमन्त्री अमेरिका घुमघाममा व्यस्त रहेको भन्दै उनकै पार्टी नेपाली कांग्रेस र सत्ता साझेदार दल असन्तुष्ट बनेका छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/731953465641431
कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री चौधरी भूकम्पको विपत्तिकै बीच आइतबार अमेरिका प्रस्थान गरेका हुन् । भूकम्पछि मुख्यमन्त्रीले आफ्नो भ्रमण स्थगित नगर्नुले राम्रो सन्देश नगएको सांसदहरुको भनाइ छ । यता एकिकृत समाजबादीको माधब नेपालको , कृषीमन्त्री सहितको जम्बो टोलि चिन जादैँ छ । कर्णाली प्रदेश सरकारको सिंगो टोली भूकम्प प्रभावित क्षेत्रमा खटिदै गर्दा कमसेकम छिमेकीको सहयोग त गर्न सकिन्छ नी ? जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ । सो भूकम्पबाट दुई जिल्लामा १५३ जनाको मृत्यु हुँदा लुम्बिनी प्रदेशमा पनि भौतिक क्षति भएको हो । विपद्को यो घडीमा छिमेकी प्रदेशसमेत भएकाले लुम्बिनीको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरुको भनाइ छ ।
अहिले सिङ्गो देश जाजरकोट र पश्चिम रुकुमको पीडामा एकाकार हुन खोजिरहेको छ । हिजोको अनुभवबाट सिकेर पनि होला, सरकारी निकाय पनि धेरथोर प्रभावकारी देखिएका छन्, जनस्तरमा पनि जसले जे सक्यो त्यो सहयोग गर्ने क्रम चलेको छ । सर्वसाधारणले आफूसँग जे–जति छ त्यति सहयोग गरेर यो विपद् सामना गर्न खोजिरहेका छन् । व्यक्ति र संस्थाहरु सहयोगको घोषणा गरिरहेका छन्, बसदेखि जहाजसम्मले राहत र घाइते बोक्न अपिल गरिरहेका छन् । यो शोकाकूल अवस्थामा सबै प्रदेश, संघ मिलेर उद्धार कार्यमा लाग्नु जरुरी छ ।