Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

चौतर्फी आलोचनापछि अन्तत् : राष्ट्रपतिले गरे यूरोप भ्रमण स्थगति

चौतर्फी आलोचनापछि अन्तत् : राष्ट्रपतिले गरे यूरोप भ्रमण स्थगति

कार्तिक २० , काठमाण्डौ -

मुलुक राष्ट्रिय विपत्तिमा परेको बेला मुलुकको अभिभावक संस्था राष्ट्रपति कार्यालयमा अहिले विदेश भ्रमणको सबैतिरबाट चौतर्फी आलोचना भईरहदा अनन्नत राष्ट्रपतिको यूरोप भ्रमण स्थगति भएको छ । मुलुक विपत्तिबाट बाहिर निस्कन तन, मन र धनले लागेको बेला मानवीय दृष्टिले पनि राष्ट्रपति विदेश भ्रमणमा निस्कनु शोभनीय हुँदैन भन्ने खालका टिप्पणी आईरहदा राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको हो ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । अहिले सिङ्गो देश जाजरकोट र पश्चिम रुकुमको पीडामा एकाकार हुन खोजिरहेको छ । हिजोको अनुभवबाट सिकेर पनि होला, सरकारी निकाय पनि धेरथोर प्रभावकारी देखिएका छन्, जनस्तरमा पनि जसले जे सक्यो त्यो सहयोग गर्ने क्रम चलेको छ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/251250557597377

‘मर्दापर्दा सहयोग’ भन्ने नेपाली प्रचलन अनुसार सर्वसाधारणले आफूसँग जे–जति छ त्यति सहयोग गरेर यो विपद् सामना गर्न खोजिरहेका छन् । व्यक्ति र संस्थाहरु सहयोगको घोषणा गरिरहेका छन्, बसदेखि जहाजसम्मले राहत र घाइते बोक्न अपिल गरिरहेका छन् ।

यता एकिकृत समाजबादीको माधब नेपालको , कृषीमन्त्री सहितको जम्बो टोलि चिन जादैँ छ ।चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन अध्यक्ष नेपाल चीन जाने भएका हुन् ।अध्यक्ष नेपालले यस विषयमा सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा यस विषयमा जानकारी गराएका छन् ।

अध्यक्ष नेपालसँगै पार्टी उपाध्यक्षसमेत रहेका कृषिमन्त्री डा.बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत १५ सदस्यीय टोली चीन जाने छ ।उनको भ्रमण टोलीमा पार्टीका जनप्रतिनिधिदेखि, जनवर्गीय संगठन र विभिन्न विभागका सदस्यलाई समेत समेटिएको छ । गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जारजकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएका छन ।