Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहाले ल्याए ‘साथी महानगर’ योजना , किरिया खर्च माहानगरले दिने

बालेन शाहाले ल्याए ‘साथी महानगर’ योजना , किरिया खर्च माहानगरले दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका छन्। सोमबार फेसबुकमा स्ट्याटस राख्दै मेयर साहले ‘भेटौँला, महानगरबासीको दुःख मेटौँला’ कार्यक्रम अन्तर्गत महानगरबासीलाई विपन्न वर्गका परिवारलाई किरिया खर्चका लागि २० हजार रुपैयाँसम्म र सुत्केरी सहयोगका लागि १० हजार रुपैयाँसम्म दिने बताएका छन्। महानगरबासीसँग आत्मीय र भावनात्मक सम्बन्धका लागि महानगरपालिकाले उक्त योजना कार्यान्वयनमा ल्याएको उनले बताएका छन्। ‘सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य हो, ‘उनले लेखेका छन्, ‘सुत्केरी महिलालाई पोषिलो खानेकुराको अभाव नहोस्। किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्। जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस्।’

काठमाडौँ महानगरको साथी महानगर स्वर्णिम योजना कार्यान्वयनमा आएको हो । ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको महानगर स्रोत बताउछ । यदि कसैलाई महानगरपालिकाले प्रदान गर्ने सहयोग लिन परे आफू बस्ने वडा कार्यालय वा महानगरपालिकाको सामाजिक विकास विभागअन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन एकाइमा सम्पर्क राख्न समेत उनले अनुरोध गरेका छन्। तर सम्पर्क गर्न जाँदा भने विभिन्न कुरामा ख्याल गर्न अनुरोध गरिएको छ।

‘यसरी सम्पर्क गर्न जाँदा तपाईँलाई कस्तो सहयोग चाहिएको हो, केका लागि सहयोग चाहिएको हो, ब्यहोरा खुलेको निवेदन लिएर जानु होला, ‘उनले भनेका छन्, ‘निवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, काठमाडौँ महानगरपालिकाबासी भएको र सहयोग आवश्यक भएको वडाको सिफारिस पनि समावेश गर्नुहोला।’

सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ । सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव नहोस्, किरिया खर्चको अभावमा संस्कार छोड्नु नपरोस्, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिले एक्लो महसुस गर्न नपरोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको महानगरले जनाएको छ । त्यसका लागि आफू बसिरहेको वडा कार्यालय वा काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभाग अन्तर्गत साथी महानगर परियोजना कार्यान्वयन इकाइमा सम्पर्क गर्न सकिनेछ ।