Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

तारा बरालसँग विवाहको लिखित सहमति गरेर पूर्वएआइजी चन्दले फेरे कुरा / सामाजिक सञ्जालमै आरोप-प्रत्यारोप

तारा बरालसँग विवाहको लिखित सहमति गरेर पूर्वएआइजी चन्दले फेरे कुरा / सामाजिक सञ्जालमै आरोप-प्रत्यारोप

काठमाडौँ । केही दिनअघि पूर्व एआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको एउटा कागज सामाजिक सञ्जालमा भाइरल भयो । कागजमा उनीहरु दुवैले हस्ताक्षरसहित ल्याप्चेसमेत ठोकेका छन् । पूर्व एआइजी चन्दका नजिकका साथी सञ्जय बर्माले उक्त सहमतिको कागज सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसका आधारमा मिडियाहरुमा चन्द र बरालबीच विवाह भएको समाचार छ्याप्छ्याप्ति भयो । तर, अहिले यो विषयमा उनीहरु दुवैबीच आपसमै आरोप प्रत्यारोप सुरु भएको छ । सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको छन् । उनले लेखेका छन्, ‘लामो यात्रापछि फेसबुकमा हेर्ने मौका पाएँ । मैले पनि तारा बराललाई सामाजिक अभियन्ताको रुपमा मात्र चिनेको हुँ । तर मेरो विवाह भएको भनेर मेरो नाम बेच्ने काम भएकोमा दुःख लागेको छ । मेरो कुनै /कसैसँग विवाह भएको छैन । यसरी मेरो बदनाम नगरियोस् । सबैको जानकारीका लागि मैले यो पोस्ट गरेको हो ।’ त्यसयता चन्दले धाराप्रवाह स्टाटस लेखिरहेका छन् । ती स्टाटसहरुमा उनले घुमाउरो तवरबाट तारालाई आरोपित गर्न खोजेको देखिन्छ । यद्यपि, तारासँग सहमति पत्रमा हस्ताक्षर गरेको कुरालाई भने उनले अस्वीकार गर्न सकेका छैनन् ।उनले लेखेका स्ट्याटसहरु यस्ता छन् /

उनको दोस्रो स्टाटस–

यस्तो गलत प्रचार नगरौं । राम्रो हुँदैन । मेरो घर परिवारलाई पनि गलत नभएको कुरा नलेखि दिनु होला । विवाह भन्ने कुरा त्यो पनि म अवकाशप्राप्त एआइजीले लुकाएर गर्ला त ? कि कुनै अरुसँग विवाह गरेर मेरो नाम र फोटो गल्तिलेजोडेको हो भने सच्याउनु होला ।

तेस्रो स्टाटस–

विवाह त मेरो होइन कि मेरो छोराहरुको गर्ने बेला छ । त्यो पनि कुमारी केटी । म अरु पछि पोस्ट गर्ने छु ।

चौंथो स्टाटस–

सामाजिक सञ्जालमा लेखेर विवाह गर्ने होइन नि ।

पाँचौं स्टाटस–

कसले यो मेरो फोटो तारा बरालसँग टाँसेर पोस्ट गरिरानु भएको छ । प्लिज यस्तो नगरिदिनु होला । अहिले विवाह त पालिकामा, दर्ता गरेर सीडीओमा पनि दर्ता गर्ने होला । त्यो यहाँ पोस्ट गरेर होइन, सबैले बुझिदिनु हुने छ ।

छैटौं स्टाटस–

मेरो विवाह भएको पनि छैन र गर्ने योजनामा पनि छैन

आज लेखेको पछिल्लो स्टाटस अलि लामो छ–

सञ्जय तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन । अनि त्यो कुनै लिगल डकुमेन्ट पनि होइन । मिडियाले तारालाई जे पायो लेखेको बारे खन्डन हुने डकुमेन्ट बनाउने भनेको मात्र थियो ।

तीन जनाको सहमतिले घरमा बनाएको डकुमेन्ट भ्यालिड होइन । मिडियामा त जे कुरा गर्दा नि भो । भ्यालिड डकुमेन्ट सरकारी कार्यालयमा बन्छ । त्यो सबैलाई थाहा भएको कुरा हो । म बाहिर बाट फर्केपछि सही छलफल हुन्छ । अहिले मिडियामा जे पायो त्यही बोल्नु राम्रो होइन । अनि लेख्ने वकिलले डकुमेन्टमा आफ्नो नाम लेख्दैन पनि भनेको थियो ।

यो स्टाटसमा तारा बरालले कमेन्ट गरेकी छन् ।

उनको प्रतिक्रिया यस्तो छ–

अनर्गल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर । यदि यो पोस्ट आफैँ गरेको भए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर, वकिलले म कागज लेख्दिनँ भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २/३ जनालाई पब्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन ? मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोस्ट बढी ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेको हैन ? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन ब्ल्याकमेलिङ सर ? हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।

अर्को कमेन्टमा उनले लेखेकी छन्–

हजुरले यी पोष्ट गरेर आफैँ नाङ्गिनुभाछ सर, आफैँ बोलाएर सल्लाह गरेर कागज गर्नुभाछ, अनि हल्ला नगरौँ प्लिज भन्दा प्रेस मिट नगर्ने भए मिडियामा बोल, हल्ला गरेर शत्रुलाई बाढी ल्याइलिने, बढी खेदो गरे यति देखिपछि हार्टआट्याक हुन्छन् पनि भन्नुभाछ । अनि मिडियाले सोधेकोबेला मैले के भन्ने त ?’

केही समयदेखि तारा बराल र पूर्वएआईजी चन्दलाई जोडेर केही युट्यूबरहरुले व्यापक रुपमा कन्टेन्टहरु बनाइरहेका थिए । यसैबीचमा एक युटुयूबरले तारा बराललाई पछ्याउँदै सिनामंगलको एउटा रेस्टुरेन्टभित्र सम्म पुगे । त्यहाँ तारा बराल एआईजी चन्दसँग छलफलमा थिइन् । क्यामरा लिएर पछ्याउँदै आएका युट्यूबर मनोज मानवलाई तारा बरालले मुखमा थुक्नुका साथै पिटपाट पारेर लखेटेकी थिइन् । त्यसको एक–दुई दिनमा तारा बरालविरुद्ध बलराम बोगटी नामका व्यक्तिले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छिन् । तारा बराल र पूर्व एआइजी सम्बन्धमा थिए वा थिएनन् भन्ने उनीहरुलाई नै थाहा हुने कुरा भयो । तर, पूर्वएआइजी चन्दले नै आफूलाई बोलाएर उक्त यस्तो कागज गराएको बरालको भनाइ छ । चन्दका साथी सञ्जय बर्माको घरमा उक्त सहमति भएको थियो । एकजना वकिलले सहमतिको मस्यौदा गरेका थिए भने बर्मा र उनकी पत्नी साक्षी थिए । सहमतिपत्र सार्वजनिक भएपछि तारा बरालले मिडियामा यसको स्वीकारोक्ति गरेकी छन् । तर, चन्दले भने खण्डन गरेका छन् ।

ताराले आफूलाई बोलाएर विवाहको सहमतिमा हस्ताक्षर गराएका चन्द अहिले आफैं सम्पर्कविहीन बनेको बताएकि छिन् ।