Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भुकम्पकै कारण गर्भको आठ महिने शिशु र श्रीमान् गुमाइन् १९ वर्षीया जमुनाले

भुकम्पकै कारण गर्भको आठ महिने शिशु र श्रीमान् गुमाइन् १९ वर्षीया जमुनाले

कार्तिक २१ ,काठमाण्डौं -

प्राकृतिक बिपत्तीको अगाडी कस्को के लाग्छ र ? प्रकृति नै रिसाए पछि मानिस उसको अगाडि निरिह बन्छ । अहिले जाजरकोट र रुकुम पश्चमका जनता पनि प्रकृति संग निरिह बनेका छन् । त्यहाँका अधिंकाशले आफ्नो परिवार गुमाएका छन् । त्यस मध्य एक हुन् जमुना बुढामगर । उनी भर्खर १९ वर्षको भइन् ।

केही दिनअघि गएको भूकम्पका कारण उनले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाइन्। आठमहिना सम्म आफ्नो कोखमा सानो एउटा अर्को ज्यान समालेर बसिन तर, उनलाई संसार देखाउने उनको सपना अधुरै रहयो । आफ्नो सन्तान संग श्रीमान गुमाएकी जमुनाको खवस्था हामी कःपना मात्रै गर्न सक्छौँ ।

उनी भुकम्पबाट त बाचिन् तर,आधार सबै गुमाईन । बाँकीको जिन्दगी उनी कस्को भरोसामा कटाउलीन् । अस्पतालको बेडमा लडिरहेकी जमुना श्रीमान् र शिशुको वियोगमा एकसुरमा अस्पतालको भित्ता कोट्याइरहन्छिन् । आखाँबाट आशु खसालिरहन्छीन् । जाजरकोटको नलगाढ नगरपालिका–६ भारगाउँकी जमुनाको भूकम्पले घरमात्रै ढलाएन उनको जिन्दगी नै ढलाईदियो । श्रीमान र सन्तान बिनाको बाँकी जमुनाको जिबन कस्तो होला रु उनको अगाडी यतिबेला संसार नै अँध्यारो छ । उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ । बितेका चार दिनमा जमुनाको होसहवास खुल्न सकेको छैन् । अस्पतालको बेडमा लडेकी श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले छटपटिरहेकी छिन् ।

https://www.facebook.com/laligurashmedianetwork/videos/244476811973060

भूकम्पको पीडाले बेहोसी छोरीको होस फर्किए पनि सुरमा कुरा नगरेको देख्दा जमुनाकी आमालाई छोरीको चिन्ताले सताइरहेको छ । ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्नरुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा र बुवा भागिराम जाजरकोट पुगेका थिए । पेटभित्र मरेको शिशुलाई निकालिएको थियो । शिशुको अन्तिम संस्कार नेपालगन्जस्थित मसानघाटमा नै गरियो ।

जमुनाकी आमा भन्छिन् “हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ । गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ । त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ भूकम्पले हाम्रो पनि घर चर्किएछ ।” भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए । भूकम्पले जमुनाका श्रीमान् र गर्भको शिशुलाई लगे पनि बाँकी अरु परिवारका सदस्यलाई भने सामान्य चोट लागेको छ ।

जमुनाको जस्तै धेरै पिडा अहिले सिङगो जाजरकोट र रुकुम पश्चिमले भोगीरहेको छ । सबै जना आफ्नो तर्फबाट उद्धारमा लागी परेका छन् । कठ्याङग्रीदो चिसोमा खाना र लाउने लुगा र आकाश डाक्ने छत पनि छैन उनीहरु संग राहतका साम्री राम्रो संग बितरण हुन सकेको छैन् । रातभर खुल्ला आकाशमा रात कटाउन बाध्य भएका छन् त्यहाँका जनता । जतिसक्दो उद्धार कार्य जरुरी देखीएको छ ।