Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

श्रीमती र ३ सन्तानलाई दागबत्ती दिएका उदयले छोराको लास अगालोमा बेर्दै गरे बिलैना (भिडियो सहित हेर्नुहोस )

श्रीमती र ३ सन्तानलाई दागबत्ती दिएका उदयले छोराको लास अगालोमा बेर्दै गरे बिलैना (भिडियो सहित हेर्नुहोस )

कार्तिक २१ ,काठमाण्डौं -

परिवारको खुसीका लागी कमाउन मलेसिया पुगेका उदय विक । तर, तिनै परिवार बचाउन सकेनन् । छोराछोरीका लागि नयाँ कपडा,चक्लेट र श्रीमतीका लागि उपहार ल्याउने उदय यसपटक यादमात्रै बोकेर फर्किए । उनी फर्कदा न नयाँ कपडा र चक्लेट माग्ने सन्तान रहे न उपाहारको आश गर्ने श्रीमती नै । पहिले–पहिले घरमा पुग्दा बुबा आउने वित्तिकै झोला हेर्ने बच्चाहरुको शव यसपटक लस्करै राखिएका थिए । उदय पुर्पुरोमा हात राखेर थचक्क बसे । केही बोल्न सकेनन् ।

श्रीमतीसहित ६ जनाको शव देख्दा उनी थामिन सकेनन् । थामिउन पनि कसरी दैबले ठगेपछि उदय आजले अनफ्नै छोराछोरी र श्रीमतीलाई दागबत्ती दिनु पर्यो । सबै बाबु चाहना हुन्छ । आफु मर्दा छोराछोरीले दागबत्ती दिउन । तर, उदय तिनै अभागी हुन जस्ले आफ्नै सन्तानको दागबत्ती दिनु पर्यो । भूकम्पमा उनले श्रीमती ३० वर्षीया जानुका सुनार, छोरी १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अञ्जली विक र ४ वर्षीय छोरा उज्ज्वल विक गुमाए ।

https://www.facebook.com/laligurashmedianetwork/videos/729352125742774

त्यही घरमा जानुकाकी देवरकी छोरी ११ वर्षीया निरुता विक र भाञ्जी ८ वर्षीया विष्णु तिरुवाको पनि मृत्यु भएको थियो । शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुने। तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । उदय प्रदेशमा रहेकाले श्रीमती र छोराछोरीको शव जिल्ला अस्पताल, जाजरकोटमै रह्यो । उनी सोमबार आएपछि छिमेकीलले घरमा शव ल्याए । उन्ी घर त आए तर, न उनको घर रह्यो न परिवार ।

‘दैव पनि कस्तो, कोही बचेनन अझ गाउँमा कोही नबितेका घरै रहेनन् । भविष्य उज्ज्वल बनाउँला भनेर नामै उज्ज्वल राखेको थिएँ, मेरो भविष्य नै अन्धकार बनाएर गयौं ।भन्नै उदय छोराको लास अङगाल्दै रोए , बिलैना गरे । उनले आफ्ना छोरालाई आफ्नै हातले गाडे । यो दृश्यले मलामी गएका लगभग ३ सय जनाकै आखामा आशु थियो । अब उदयले बाँकी जिबन कसरी काट्लान् । सन्तान र श्रीमतीका लागी लागी पर्देशिएका उदयले अब त्यो रित्तो गाउँमा आफ्नो परिवार बिना कसरी बिताउलान । नजिकै–नजिकै एकै परिवारका ६÷६ जना गरेर १२ जनाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ ।

अझ सोमबार अपराह्न आएको ५।४ रेक्टर स्केलको पराकम्पले थप घरहरु पनि भत्किएका छन् । केही घाइते समेत भएका छन् । अझै पनि भुकम्पको पराकम्प जाने क्रम जारी नै छ । शुक्रबार देखी लगभग ३ सय ८० भन्दा धेरै पटक पराकम्प गईसकेको छन् । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । धेरैजसो भूकम्प पीडितहरुले परिवारका सदस्य, आफन्त, घर, सम्पत्ती लगायत सर्वस्व गुमाएका छन् । पटक–पटक आउने परकम्पले झन् आतंक सिर्जना गरेको छ ।