Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पठाए आरती साहका परिवारलाइ पत्र , एसपी खड्कालाई जिम्मेवारीबाट हटाए (भिडियो सहित हेर्नुहोस )

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पठाए आरती साहका परिवारलाइ पत्र , एसपी खड्कालाई जिम्मेवारीबाट हटाए (भिडियो सहित हेर्नुहोस )

कार्तिक २१ ,काठमाण्डौं -

छोरीको न्यायको लागि १४५ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका आरती साहका परिवारलाईसरकारले वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहमन्त्रालयले पत्र पठाएको हो ।

घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । लामो समयदेखि माइतीघरमा आन्दोलनरत साहका आफन्तले एसपी खड्कालाई जिम्मेवारीबाट हटाए मात्रै सरकारसँग वार्ता गर्ने अडान लिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो।

खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट उनका स्वकीय सचिव बिजय गौतमले मन्त्रालयको पत्र लिएर धर्ना स्थल माइतीघरमा सोमबार राती पुगेका थिए । घटनाको विषयमा छानबिन गर्नुका साथै केही विषय सम्बोधन भएको भन्दै मन्त्रालयले पत्रमा भनेको छ, ‘यहाँहरुको गुनासो सम्बोधनार्थ थप छलफल गरी टुंगोमा पु¥याउनका लागि तपाईंहरुको तर्फबाट आधिकारिक प्रतिनिधि तोकी निष्कर्षका साथ घर फर्कने वातावरण तयार पार्ने गरी मन्त्रालयमा आमन्त्रण गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

https://www.facebook.com/laligurashmedianetwork/videos/254880477207810

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी साह ७ जेठमा आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साहको दाइजोका कारण परिवारले हत्या गरेको माइती पक्षको दाबी छ । घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै साहको परिवार लामो समयदेखि धर्नामा छ ।सो प्रकरणमा आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो। मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप छ।

प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाएको छ ।खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले बताए ।

धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् । खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागि साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने शर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो । यत्तिका दिनसम्म पीडितहरु नै न्यायका लागि सडकमा उभिँदा पनि राज्य मुकदर्शक भएकोमा सरकारको आलोचना हुँदै आएको छ ।