कार्तिक २१ ,काठमाण्डौं -
धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वावअनुसार काम सुरु गरिने भएको हो ।
महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए । चितवनमा निर्माणधिन रंगशाला निर्माणका लागि ७०% बागमती प्रदेश र ३०% भरतपुर महानगरको साझेद्वारीमा निर्माण सुरु गर्ने सहमती भएको हो । उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने उनले बताए । उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको उनको भनाइ छ ।
https://www.facebook.com/laligurashmedianetwork/videos/694306432644011
तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको रंगशालाको ३५ प्रतिशत काम सकिँदा ५४ करोड खर्च भएको छ। ऋण नै १२ करोड पुगेपछि अब नसक्ने भन्दै धुर्मुस–सुन्तलीले रोके काम रोकेका थिए। २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो। सर्वसाधारणबाट पैसा संकलन हुन छाडेपछि दुई बर्षदेखि नै रंगशाला निर्माणको काम अलपत्र छ। त्यहाँ उठाइएका पिल्लरका रडमा खिया लागेको छ। घाँस रोपिएको खेल मैदान अहिले झाडीले भरिएको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी हुन्। रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्ष अन्त्यमा सरकारको १२ करोड बजेट आएको तर एक साता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको सुनाइन्। उनले फिर्ता भएको बजेट छिट्टै आउने आश्वासन दिलाएकी थिईन ।
रंगशाला निर्माणका लागि महानगरलाई तत्कालै अर्बौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्घ ढंगले काम अघि बढाउँदै र बनेका संरचना संरक्षण गर्दै लैजाने दाहालको भनाइ छ। उनले रंगशालालाई खेल्न लायक ठाउँ बनाउन महानगरले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने बताईकी छन ।