कार्तिक २१ ,काठमाण्डौं –
नेपालका सबै भन्दा धनाड्य ब्यक्ति बिनोद चौधरीले पश्चिम रूकुम चौरजहारी नगरपालिकाका ५० परिवारका लागी तत्काल ट्रान्जि–सनल सेल्टर बनाउने भएको छ । चौधरी फाउन्डेसनले भूकम्पबाट घर गुमाएका परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने भएको हो ।
चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच आज बिहान सो सहमति भएको छ । फाउन्डेसनले नगरपालिकासँगको समन्वयमा लागि यथासम्भव छिटो काम शुरू हुने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले २०७२ सालमा निर्माण गरेजस्तै ट्रान्जिसनल सेल्टर निर्माण गर्नेछ । यति बेला भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिमको अवस्था नाजुक छ । सग्ला घर देख्न मुस्कील परेको छ । त्यस्तो अवस्थामा चौधरी फाउन्डेसनले तत्कालका लागी आवास निर्वाण गरिदिने बताएको छ ।
अहिले घरमात्रै होईन त्यहाँका मानिसहरु मानसिक रुपमा नै विक्षिप्त भएका छन् । उनीहरुलाई मनोपरामर्शसँगै बालबच्चा, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकहरुलाई विशेष स्याहारको आवश्यकता रहेको चिकित्सकहरुले बताएका छन् । भुकम्पले मान्छे मात्रै होईन पशु चौपायाहरु पनि मरेका छन् । शौचालयहरु पूर्णरुपमा भत्किएका छन् । महिनावारी भएका, गर्भवती, सुत्केरी र नवजात शिशुहरु पालमुनि बस्न बाध्य छन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/117436551463881
अबका केही हप्तामा भूकम्प पीडितहरुमा हैजा, झाडापखालाका साथै चिसोको कारणले निमोनिया र अन्य संक्रमण फैलिने जोखिम छ । मरेका गाईबस्तु गन्हउन थालेका छन् भने माटोका घरहरु भत्कीए पछि धुलो पनि अत्यन्तै फैलिएको छ । जस्ले गर्दा सरुवा रोग लाग्ने खतरा बढेको छ । यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् ।
धेरैजसो भूकम्प पीडितहरुले परिवारका सदस्य, आफन्त, घर, सम्पत्ती लगायत सर्वस्व गुमाएका छन् । पटक–पटक आउने परकम्पले झन् आतंक सिर्जना गरेको छ । भौतिक संरचना धेरैजसो क्षतिग्रस्त भएकाले खुला ठाउँमा, बारीमा त्रिपाल ओछ्याएर बिरामीहरुको जाँच गर्ने र औषधि वितरण गर्ने गरिएको छ । चिकित्सकहरुका अनुसार धेरैजसोको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।
जस्ले गर्दा अहिले जाजरकोट र रुकुम पश्चिमको पहिलो प्राथमिकता भनेकै स्वास्थ्य हो । त्यहाँ स्वास्थ्यकर्मी र सुरक्षकर्मीको जरुरी छ । भ्ुाकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोटमा नै अहिले साँ राहत पुगेको छैन् । रातभर खुल्ला आकाशमा त्यहाँका जनताले रात कटाएका छन् । जाजरकोटमा लगातार परकम्पहरू पनि गइरहेका छन् । तुलनात्मक हिसाबले अन्य ठाउँको भन्दा केन्द्रविन्दु भनिएको ठाउँमा मानवीय क्षति भने भएको छैन । तर गाउँमा सग्ला घरहरु पनि छैनन् ।