Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सबै परिवार गुमाएकी नानीलाई मिल्न थाल्यो राहत (भिडियो सहित हेर्नुहोस )

सबै परिवार गुमाएकी नानीलाई मिल्न थाल्यो राहत (भिडियो सहित हेर्नुहोस )

कार्तिक २१ ,काठमाण्डौं –

जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीकी प्रेमकली बिक भर्खरै ९ बर्षकी भईन । शुक्रबार मध्यरातिको भुकम्पले यो कलिलै उमेरमा उनले आमा बाबा सहित पुरै परिवार गुमाईन् । यनी अहिले पनि बाबाले ‘बचाऊ, बचाऊ’ भन्दै कराइरहेको आवाज स्मरण गर्दै धुरुधुरु रोईरहेकी छिन् ।

उनलाई आफ्ना बाबाको आवाज कानमा अझै पनि गुञ्जीरहेको छ । उनको सबै परिवार भुकम्पमा पर्याे । दाई कामको शिलशिलामा भारत गएकोले बचे तर, भारतमा पनि जेलमा रहेको उनले रुदै बताएकी छिन् ।तर,के कारणले उनका दाई जेलमा परे भन्ने खुल्न आएको छैन । प्रेमकलीको अनुहार र खुट्टामा चोट लागेको थियो ।

उनलाई अहिले धेरै ठाउँबाट राहत आई रहेको छ । अहिले उनलाई त्यहाँ धेरै सहयोग आई रहेको र प्रेमकलीको शिक्षा दिक्षा दिने चाहनेहरु पनि भेटिएको लालिगुराँसका डटकमका कमल सरगमले बताएका छन् । उनी अहिले प्रत्यक्ष रुपमा सहयोग लिएर त्यहि पुगेका पनि छन् । उनले लिएको अन्तर्वातामा प्रेमकलीले निकै गुनासो पोखेकी छन् । उनले आफुलाई त्यहाँ बस्नै मन नभएको बताएकी छिन् ।

उनले बरु काठमाडौँ आउने तर, गायँ कहिलेकहीँ जाने भनेकी छिन् । उनको यो अभिब्यक्ति सुन्दा धेरैको मन रुन्छ । परिवार सखाप भएपछि उनलाई कस्ले पाल्ने भन्ने चिन्ता थपिएको उनकी माघरकी हजुरआमा मोती विक बताउँछिन् । शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पले छोरी, नातीहरु बितेको थाहा पाएपछि खलङ्गाबाट मोती विक पनि आइतबार राति इम्ले गाउँ आइपुगेकी छन् । उनी अहिलेसम्म सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । केहीबेर बोल्छिन्, फेरि रुन थालिहाल्छिन् ।

https://www.facebook.com/laligurashmedianetwork/videos/7364636210235369

भूकम्पले भत्किएको घरको दलानमा बस्दै उनि निकैबेर रोइरहिन्छीन् । छरछिमेकी आएर उनलाई समात्दै सम्झाउने कोशिस गरिरहेका छन् । गाउँभरि सबैतिर परिवारका कोही न कोही सदस्य बिछोडिएका छन् । एकैघरमा चार जना बितेको यो गाउँमा शुक्रबार मध्यराति गएको भूकम्पमा परेर १३ जनाले ज्यान गुमाएका छन् । गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ ।

गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारमा ल्याएर दाहसंस्कार गरेका छन् । उनी अहिलेसम्म सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । त्योभन्दा बढी पीडा ‘बचाउ, बचाउ’ भनेर बाबाको आवाज अझै पनि कानमा गुन्जिरहँदा भाबविह्ल बन्छिन् । गाउँका अधिकांश घर बस्न लायक छैनन् । खाद्यान्न पनि भूकम्पले घर भत्किँदा भित्रै पुरिएका छन् । घरभित्र जानसक्ने स्थिति छैन । शुक्रबार मध्यराति गएको भूकम्पपछि अहिले पनि जाजरकोटमा निरन्तर पराकम्पहरु गइरहेका छन् ।