Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

बालेन शाहको अर्काे स्वागत योग्य काम,सडकमा बेवारिस छाडिएका चौपाया व्यवस्थापन गर्ने (भिडियो सहित हेर्नुहोस )

बालेन शाहको अर्काे स्वागत योग्य काम,सडकमा बेवारिस छाडिएका चौपाया व्यवस्थापन गर्ने (भिडियो सहित हेर्नुहोस )

कार्तिक २२, काठमाण्डौं

काठमाडौँ उपत्यकामा कुकुर मात्रै होईन हिन्दु लक्ष्मिका रुपमा पुज्ने गाई–बाच्छा पनि बेबारिसे पारामा छाडा छोडिएका छन् । सडकका किनारामा त्यसरी बेबारिसे छोडिएका कति गाई सवारी साधनको ठक्करबाट घाईते पर्छन् भने कति मर्छन ।

तर, तिनको उद्धारमा सक्रिय संघ संस्थाहरु निकै थोरै छन् । कुकुर, बिरालोलगायत जनावरहरूको संरक्षणमा धेरै संस्थाहरु सक्रिय भए पनि गाई–बाच्छाको संरक्षणमा पर्याप्त ध्यान कसैले नसकिरहेको खवस्थामा काठमाडौँ महानगरपालिकाले तिनको संरक्षण गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कात्तिक २३ गतेदेखि काठमाडौँ महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत शाहले बेवारिसे गाई बाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् । काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको पनि उनले जानकारी दिए ।

उनले समाकजीक सञ्जालमा लेखेका छन् । हामी काठमाडौँ महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छौ ।

https://www.facebook.com/laligurashmedianetwork/videos/1013152439919443

सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , विरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरुलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ । ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं. ७ सँगको सहकार्यमा पानी, विजुलीलगायत सुविधा प्रबन्ध गर्दैछौँ । उनले भनेका छन् ।

छाडा पशुहरुको बिगीबिगी सवारी दुर्घटनाको खतरा बढेको छ । सवारी तथा यातायात व्यवस्था ऐनमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ तर ऐन नियमको पालन कसैबाट भएको पाईदैन । काठमाडौँमा व्यवसायिक रुपमा जर्सी गाई पाल्ने र बाच्छा भएमा सडकमा छोडी दिन चलन बढी रहेको पाईन्छ । त्यसमाथी पनि मन्दीरमा नन्दीका रुपमा छाडिएकाहरुको पनि संरक्षण नगर्दा बेबारिसे पारामा सडकमा छाडिएको हुन्छ । राजधानीको सडक प्राय अस्तव्यस्त रहन्छ जस्ले गर्दा पनि गाई बाच्छाको संरक्षण गर्नु उपयुक्त हुन्छ ।