कार्तिक २२, काठमाण्डौं-
यतिबेला जाजरकोट र रुकुम पश्चिमको अवस्था दयनिय बन्दै गएको छ । सबै राजनितीक दलहरु पर्टीका पुर्व निर्धारित कार्यक्रम स्थगित गरेर भुकम्प पिडितको उद्धार र पुनस्थापनामा लागीरहेका छन् ।
भुकम्प पिडितको राष्ट्रपति, प्रधानमन्त्री अन्य मन्त्रीहरु, विभिन्न पार्टीका नेताहरुले त्यहाँको बस्तुस्थीतिको बारेमा प्रत्यक्ष रुपमा अनुगमन गरिरहेका छन् । त्यस्तै त्यहाँ प्रत्यक्ष रुपमा पुगेर त्यहाँको बस्तु स्थीतिको बारेमा बुझेर आए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/1454344105122269
लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान सुझाव दिएका छन् ।
यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको उल्लेख गरेका छन् । उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् । राहत सामग्री वितरणमा एकरुपता नभएको, राहत प्रशासनमा थुप्रिएपनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लमिछानेले सरकारको ध्यानाकर्षण गराएका छन् ।
जाजरकोट केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ११ जिल्ला प्रभावित भएका छन् । जाजरकोट र रुकुम पश्चिम सबैभन्दा बढी प्रभावित छ । यहाँका घरहरू ध्वस्त भएका छन् । हालसम्म १५३ जनाको मृत्यु भइसकेको छ भने सयौँ अहिले पनि अस्पतालको शय्यामा छन् । भूकम्पले घर विहीन भएकाहरू अहिले सम्म पनि खुल्ला आकाशमुनि त्रास पूर्ण रूपमा बसिरहेका छन् । उनीहरु कोही शोकमा छन् कोही भोकमा छन् ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । प्रभावित क्षेत्रमामा सरुवा रोगको संक्रमण समेत बढ्न सक्ने खतरा बढेको छ । जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो ।
यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् । भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।