कार्तिक २२, काठमाण्डौं-
इँटाभट्टामा जिउँदै व्यक्ति जलाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ। सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ ।
यता आलमको अन्तिम फैसला नआउदा गाउमा भने छुटने हल्ला फैलिएसगै पटाका पड्काएर आलमका समर्थकले खुसियाली मनाइरहेको पाईएको छ । रौतहट जिल्ला अदालतले आलमको मुद्दामा फैसला केन्द्रित सुनुवाइ सुरु गरेको हो। जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासमा इजलास चलिरहेको छ। आइतबारदेखि आलमको मुद्दामा अन्तिम बहस सुरु भएको हो।
सुरुमा पीडितका तर्फबाट बहस भएको थियो। मंगलबार सरकारी पक्षले पनि बहस थालेको छ। वुधबार सरकारी पक्षको बहस सकिने जनाइएको छ। सरकारी पक्षको बहस सकिए जवाफी बहस सकेर फैसला सुनाउने अदालतको तयारी छ। रौतहट– २ संविधानसभा निर्वाचन २८ चैत ०६४ का उम्मेदवार थिए मोहम्मद आफ्ताब आलम । चुनाव जसरी पनि जित्नु थियो । त्यसका लागि बुथ कब्जा एक मात्र विकल्प थियो । त्यसैका लागि उनले बम बनाउने कालिगढ भारतस्थित बिहारबाटै ल्याएका थिए । बम बनाउने ठाउँ आफ्ना काका इद्रिसको गाईगोठ रोजिएको थियो ।
https://www.facebook.com/laligurashmedianetwork/videos/333948182669618
स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर पनि बम बनाउन सहभागी भए । जोरजाम गरिएका स्थानीय र बिहारबाट ल्याइएका युवाको सहयोगमा २७ चैत ०६४ को साँझ गोठमा बम बन्दै थियो । त्यही वेला अचानक बम विस्फोट हुन पुग्यो । केही युवा घटनास्थलमै ढले । घाइतेहरू ज्यान बचाउन भाग्न थाले । घटना बाहिरिने डरले आलमका सहयोगीले घाइते खोजी–खोजी समाते । अचेत हुने इन्जेक्सन दिए ।
बोरामा प्याक गरे । एक–एक गर्दै सबैलाई ट्रयाक्टरमा लोड गरे । सशस्त्र प्रहरीको स्कर्टिङ गाडीसँगै ट्रयाक्टरलाई आफ्ताबका भाइ महताबले सञ्चालन गरेको इटाँभट्टा लगियो । बोरामा प्याक घाइतेलाई तातो भट्टीमा हालियो । घाइतेमध्ये केहीका शरीर भट्टीमा छिरेन । उनीहरूलाई बन्चरोले गिँडियो । टुक्रा गरी पुनः भट्टीमा हालियो । सबैलाई खरानी पारी प्रमाण नस्ट गरियो ।
बम विस्फोटको १२ वर्षपछि रौतहट प्रहरीले घटनालाई नयाँ ढंगले अनुसन्धान ग¥यो । २६ असोज ०७६ मा आलम पक्राउ परे । जिल्ला अदालत रौतहटको आदेशपछि आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् । उनका भाइ महताब आलम पनि अहिले पुर्पक्षका लागि रौतहट कारागारमा छन् ।
यता पूर्वसांसद एवं नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ । रेशमको कैद माफीमिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
१५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफीमिनाहा गरेका थिए । चौधरीको माफीमिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन । माफीमिनाहापछि सार्वजनिक पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख छ ।