कार्तिक २२, काठमाण्डौं-
शुक्रबार राति जाजरको केन्द्रबिन्दु बनाएर गएको भुकम्पले यतिबेला सिङगो जाजरकोट र रुकुम पश्चिम पिडामा छ । न बस्ने घर छ न त खाने अन्न नै । त्यसमाथी आफन्त गुमाउनुको पिडा त छदै छ । भुकम्प गएको ६ दिन भई सक्दा पनि अहिले सम्म त्यहाँका स्थानिय खुल्ला आकाशमा बस्न बाध्य छन् ।
सरकाले राहत त वितरण सुरु गरेको छ तर, जो पिडित छन् तिनीहरुले राहत पाउन सकेका छैनन् । जाजरकोटको भुकम्प यतिबेला राजनितीक दलहरुका लागी स्टनबाजी गर्ने ठाउँ बनेको छ । त्यहाँ पार्टीगत रुपमा राहत बितरण भएको स्थानियले गुनासो गरेका छन् । त्यसमाथी त्यहाँका पार्टीगत ब्यक्तिहरु भुकम्प पिडितलाई लिएर गएको राहतमा हस्तक्षप गर्छन् । त्यस्तै जाजरकोटकी पुस्पा परियार जो २२ दिनकी सुत्केरि छिन् । उनको घर चर्किएको छ । भित्र बस्ने अबस्था छैन । उनी त्रिपाल मुनी बस्न बाध्य छिन् ।
https://www.facebook.com/laligurashmedianetwork/videos/543968697927309
प्रोटिनयुक्त खानेकुरा र विशेष स्याहारसुसार चाहिने बेला उनले ३ दिनदेखि खाना खाएकी छैनन् । उने ३ दिन देखी खान नपाएको गुनासो गरे पछि इसा फाउन्डेसनबाट उठेको रकम इसा फाउन्डेसनका सचिब समेत रहेका पत्रकार कमल सरगम सहितको टोलिले सहयोग गर्ने क्रममा त्यहाँका आफुलाई काँग्रेसका कार्यकर्ता बताउनेहरुले हस्तक्षेप गरेका छन् । पत्रकार सरगममाथी हातपात गरेका छन् । यो घटनाप्रति लालिगुराँस डटकम र ईसा फाउण्डेसनले खेद प्रकट गर्दै हातपात गर्ने काँग्रेस कार्यकर्ताको कारवाहिको माग गरेका छन् ।
भुकम्प पिडितहरुका लागी सहयोग बोकेर गएको टिम माथी नै हस्तक्षेप गरे पछि बचेको रकम जिल्ला प्रशासन कार्यालयमा लगेर बुझाएका छन् । सर्गमले सामाजीक सञ्जाल मार्फप सरकारको ध्यानाकर्ष समेत गराएका छन् । काँग्रेसका कार्यकर्ताले राहत बितरणमा हंगामा मच्चाए पछि त्यहाँका स्थानिय पनि आक्रोसीत बनेका छन् । जिल्ला प्रशासनले पनि राहत बितरणमा राजनितीक प्रभाव बढेको स्वीकार गरेको छ ।
यता उर्जा मन्त्री शक्ति बस्नेतले यो बिषयमा ध्यानकर्षण भएको बताएका छन । सरकारी राहत कहिले आईपुग्ने हो पत्तो छैन् यस्तो अवस्थामा त्यहाँका सुत्केरि,बालबच्चा र बृद्धबृद्धाका लागी आउने सहयोगमा पार्टीगत रुपमा हस्तक्षेप गर्नु राम्रो होईन । जाजरकोटलाई केन्द्र विन्दु बनाई गएको भुकम्पबाट प्रभावित पीडितले अझैसम्म पनि राहत पाउन सकेका छैनन् । पीडितहरुले राहत स्वरुप त्रिपाल पनि नपाउदा खुला आकाशमुनि रात विताइरहेका छन् । सरकारले राहत वितरणको काम थाले पनि एकद्धर प्रणालीबाट बितरण सुरु गरेकाले राहत बितरणमा ढिलाई भईरहेको छ । जस्को प्रत्यक्ष असर सुत्केरी । बृद्ध बृद्धा र बालबच्चामा परेको छ ।
चिसोमा बाहिर बस्नुपर्दाको दुःख मात्र छैन उनीहरुलाई खाद्यान्नको समेत अभाव हुँदैछ । यस्तो अवस्थामा स्टनबाजी गर्नु भन्दा पिडितहरुको सहयोगमा बिशेष ध्यानयान पुराउनु आवश्यक छ । भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय ९६ घर पूर्ण रुपमा र १७ हजार ८ सय ५० घर आंशिक रुपमा भत्किएका हुन् । पूर्ण र आंशिक रुपमा घर भत्किएका परिवार खुला ठाउँमा बस्न बाध्य छन् । आंशिक रुपमा भत्किएका घरहरु पनि लगातारको परकम्पले भत्किने क्रम चलिरहेको छ ।