Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

सबै भन्दा राम्रो काम गरेर पनि छायामा परेकी मेयर रेणु दाहाल (भिडियो सहित हेर्नुहोस )

सबै भन्दा राम्रो काम गरेर पनि छायामा परेकी मेयर रेणु दाहाल (भिडियो सहित हेर्नुहोस )

कार्तिक २२, काठमाण्डौं-

नेपालको ईतिहासमा पहिलो निर्वाचित महानगरकी महिला मेयर हुन् रेणु दाहाल । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डकी छोरी समेत रहेकी रेणुले भरतपुरमा काम गर्दा गर्दै पनि सधैँ ओझेलमा पनरेकी छिन् ।

उनले सधै पावरको भरमा मेयर भएको भन्ने टिप्पणी र आलोचना सधै खेप्नु परेको छ । तर, भरतपुरबासीहरुले भने रेणुलाई निक्कै माया गर्छन् । राजनितीमा आलोचना त जस्को पनि हुन्छ । किन भने सबै नेताले सबैको मन जित्नै सक्दैनन् । नेपाली राजनितीमा साच्चै भन्ने हो भने एउटा त्यस्तो नेता छैन जस्ले आलोचना नखेपेको होस् । उनले भरतपुरमा उल्लेखनिय काम गर्दै आएकी छिन् तर, उनको चर्चा भने त्यति हुदैन । पिताकै कारण भरतपुरमा प्रमुख पदमा उनले उम्मेदवारी पाएको भन्ने ठान्नेहरुको कमी पनि छैन र तिनलाई आफ्नो कामद्वारा जवाफ दिनुपर्ने अर्को चुनौती रेणु सामू रहेको कतिपय तर्क गर्छन्।

https://www.facebook.com/laligurashmedianetwork/videos/798411402038964

उनको नेतृत्वदायी क्षमता र विकासप्रेमी भावनाका कारण आज भरतपुरको मुहार फेरिएको छ । कसैले पत्याउन नसक्नेगरि यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी लगायका विकासले गति लिएका छन् । स्वदेश तथा विदेशी लगानीको केन्द्रपनि अहिले भरतपुर बनेको छ । भरतपुरको विकासको लागि केन्द्रबाट मेयर रेणुले बुवा समेत रहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबाट ठूलो सहयोग पाएकी छिन् । भरतपुर महानगरको मुहार फेर्नको लागि मेयर दाहालले रात दिन नभनी काम गर्दै आईरहेकी छिन् । उनी साना ठूला सबैखाले परियोजनाहरु सफल तुल्याउनको लागि आफैं सक्रिय सहभागिता जनाउने गरेकी छिन् ।

उनको नेतृत्व्यदायी भूमिका र क्षमताका कारण भरतपुरमा उनको चर्चा पनि हुने गरेको छ । बाटो, घाटो लगायतका भौतिक पूर्वाधार विकासमा पनि भरतपुर महानगरले निकै चासोका साथ काम गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रको विकासमा पनि महानगरले उल्लेख्य फड्को मारेको छ । उनले सडकमा बिरुवा रोप्ने देखी सफा भरतपुर बनाउन निकै काम गरेकी छिन् ।

विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल प्रधानमन्त्री प्रचण्डकी माहिली छोरी हुन् । विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन । आफ्ना बाबु संगै जनयुद्धमा होमिएकी थिईन । यस्तै धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पनि भरतपुर महानगरपालिले प्रदेशको सहयोगमा काम सम्पन्न गर्ने भएको छ । प्रमुख रेनु दाहालका अनुसार भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वावअनुसार काम सुरु गरिने भएको छ ।

दाहालले रंगशालाको बाँकी निर्माणको काम महानगरले पूरा गर्ने दाबी गरेकी छिन् । रंगशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्ष अन्त्यमा सरकारको १२ करोड बजेट आएको तर एक साता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको सुनाइन्। उनले फिर्ता भएको बजेट छिट्टै आउने आश्वासन दिलाएकी छिन् ।